जेनेभा– सन् २०१८ मा क्यान्सरका नयाँ रोगीहरूको सङ्ख्या बढेर १ करोड ८१ लाख र क्यान्सरबाट मृत्यु हुनेहरूको सङ्ख्या ९६ लाख पुगेको अनुमान 11 संगठनले गरेको छ । विश्वका ५ जना पुरुषमध्ये एक जना र ६ जना महिलामध्ये एक जनालाई उनीहरूको जीवनकालमा कुनै न कुनै प्रकारको क्यान्सर हुने बताइएको छ। संगठनका अनुसार ८ जना पुरुषमध्ये एक जना र ११ जना महिलामध्ये एक जनाको क्यान्सरबाट मृत्यु हुन्छ । क्यान्सर लागेको पत्ता लागेपछि ५ वर्षसम्म (जसलाई ५ वर्षे प्रिभलेन्स अवधि भनिन्छ) जीवित रहने व्यक्तिहरूको सङ्ख्या विश्वभरीमा ४ करोड ३८ लाख रहेको अनुमान छ । 11 संगठन अन्तर्गतको निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी)ले १८५ देशमा ३६ प्रकारका क्यान्सरलाई समेटेर क्यान्सरले विश्व समुदायमा पार्ने भारको पछिल्लो अनुमानित आँकडा प्रकाशित गरेको हो ।
क्यान्सरको भार वृद्धि हुनुका विभिन्न कारणहरू छन् । जनसङ्ख्या वृद्धि तथा उमेर वृद्धि र साथसाथै सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित क्यान्सरका केही निश्चित कारकहरूको बढ्दो प्रभाव यसका केही कारणहरू हुन् । यो विशेषगरी तीव्र विकास भइरहेका अर्थतन्त्रहरूमा लागू हुन्छ जहाँ एक तर्फ गरीबी तथा सङ्क्रमणहरूसँग सम्बन्धित क्यान्सर रोगीको सङ्ख्या कम हुँदै छ भने अर्को तर्फ औद्योगिक विकास भएको देशको नागरिकको जस्तै 18सँग सम्बन्धित क्यान्सर रोगीको सङ्ख्या बढिरहेको छ ।
प्रभावकारी रोकथाम प्रयासहरूले गर्दा (उदाहरणको लागि, उत्तरी युरोप र उत्तर अमेरिकाका पुरुषहरूमा) फोक्सोको क्यान्सर र (उदाहरणको लागि, सब-साहारन अफ्रिका भनेर चिनिने सहारा मरुभूमिको दक्षिणी देशहरू बाहेक अधिकांश क्षेत्रमा) पाठेघरको क्यान्सर जस्ता केही क्यान्सरहरू लाग्ने दर घटेका पनि छन् । तर नयाँ तथ्याङ्कले अधिकांश देशहरूमा निदान हुने क्रममा रहेका तथा उपचार आवश्यक भएको क्यान्सरका बिरामीहरूको कुल सङ्ख्या बढेको देखाउँछ।
पुरुष तथा महिलाको विश्वव्यापी तथ्याङ्कलाई जोडर हेर्दा सन् २०१८ मा क्यान्सरका नयाँ बिरामीहरूको कुल सङ्ख्या मध्ये लगभग आधा र क्यान्सरको कारणले मृत्यु हुनेहरूको कुल सङ्ख्या मध्ये आधाभन्दा बढी एसियामा बसोबास गर्ने मानिसहरू रहेको देखिन्छ । विश्व जनसङ्ख्याको लगभग ६० प्रतिशत एसियामा बसोबास गर्ने भएकोले पनि यस्तो अवस्था देखिएको हो ।
फोक्सोको क्यान्सर, महिलामा स्तन क्यान्सर, र ठूलो आन्द्राको क्यान्सर सङ्ख्याको हिसाबले तीन प्रमुख क्यान्सरहरू हुन्, र यी क्यान्सरहरू मृत्युका हिसाबले पनि प्रमुख पाँच क्यान्सर (क्रमश: पहिलो, पाचौं, र दोस्रो) भित्र पर्दछन् । एकसाथ हेर्ने हो भने, यी तीन क्यान्सरहरू विश्वभर रहेका क्यान्सरका बिरामीको सङ्ख्या र क्यान्सरको कारणले हुने मृत्युको कुल सङ्ख्याको एक तिहाईका लागि जिम्मेवार छन्।
समग्रमा हेर्दा अधिकांश क्यान्सरका नयाँ बिरामीको सङ्ख्या कम वा मध्यम मानव विकास सूचकांक (एचडीआई) भएका देशहरूमा भन्दा उच्च वा अति उच्च मानव विकास सूचकांक भएका देशहरूमा समान्यतया २-३ गुणा बढी रहेको पाइन्छ । यद्यपि, यी दुई वर्गका देशहरूमा मृत्युदर बीचको अन्तर भने कम छ, किनभने एकातिर कम एचडीआई भएका देशहरूमा गरिबीको 18सँग जोडिएका केही क्यान्सरहरूको सङ्ख्या उच्च छ भने, अर्कोतिर उनीहरूले समयमै निदान र प्रभावकारी उपचार पाउँदैनन्।
फोक्सोको क्यान्सर पुरुष र महिला दुबैको मृत्यको प्रमुख कारण हो र यो २८ देशमा क्यान्सरका कारणले महिलाको मृत्यु हुने प्रमुख कारण पनि हो । पुरुषमा यस क्यान्सरलाई सङ्ख्याको हिसाबले प्रोस्टेट क्यान्सर र ठूलो आन्द्राको क्यान्सरले पछ्याएको छ भने मृत्युका हिसाबले कलेजो र पेटको क्यान्सरले पछ्याएको छ । महिलामा सबैभन्दा बढी देखिने क्यान्सर स्तन क्यान्सर हो (विश्वभर ४ जना महिलामा क्यान्सर पत्ता लाग्दा करिब एक जनालाई स्तन क्यान्सर भएको पाइन्छ), र यो क्यान्सरका बिरामीको सङ्ख्या १८५ देशमध्ये १५४ देशमा सबैभन्दा बढी छ । स्तन क्यान्सर क्यान्सरको कारणले महिलाको मृत्यु हुने प्रमुख कारण पनि हो, त्यसपछि फोक्सोको क्यान्सर र ठूलो आन्द्राको क्रमश: तेस्रो र दोस्रो नम्बरमा आउँछन् । त्यसैगरी पाठेघरको क्यान्सर सङ्ख्या र मृत्युका हिसाबले चौथो नम्बरमा आउँछ।