चितवन– प्रा डा कृष्णप्रसाद पौडेल भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएका छन्।
वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ प्रा डा पौडेल भरतपुर अस्पतालमा १०औँ तहमा कार्यरत थिए। उनले यसअघि रत्ननगर अस्पतालको प्रमुखमा रहेरसमेत जिम्मेवारी सम्हालेका थिए।चितवनको रत्ननगर नगरपालिकास्थित टाँडीका स्थायी बासिन्दा पौडेल नेपाल चिकित्सक संघ चितवनका पूर्व अध्यक्षसमेत हुन्।
डा पौडेलले स्थानीय नेपाल माविबाट एसएलसी उतीर्ण गरेका थिए। काठमाडौंको त्रिचन्द्र कलेजबाट प्रविणता प्रमाणपत्र तहको अध्ययन गरेका पौडेलले धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस तहको पढाइ पुरा गरेका छन्।
सामाजिक अभियन्ताका साथै डा पौडेल कवि तथा लेखकसमेत हुन्। उनको ‘खुसीहरुको वनवास’ कविता संग्रह प्रकाशित छ।
भरतपुर अस्पतालमा यसअघि डा रविन खड्का मेडिकल सुपरिटेन्डेन्ट थिए।