काठमाडौं– विश्वलाई क्षयरोगमुक्त बनाउने विश्वव्यापी अभियानको थालनी विश्वभर रातो बत्ती बालेर गरिदैँछ।
11 संगठनको आयोजनामा यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेका विश्वभरका ऐतिहासिक स्थानहरुमा रातो बत्ती बालेर अभियान थालनी गरिने बताइएको छ।
नेपालमा पनि विश्व सम्पदा सूचीमा रहेका पाटन दरबार स्क्यायर र काठमाडौं दरबार स्क्यायरमा आज साँझ ६ बजे रातो बत्ती बालिदैँ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा 11 संगठन नेपालका उच्च पदाधिकारीले ‘क्षयरोग उन्मूलनका लागि विश्वलाई रातो बत्तिले प्रकाशमय बनाऔँ’ भन्ने नाम दिएको कार्यक्रम शुभारम्भ गर्नेछन्।
आज नै अमेरिकाको न्यूर्याकमा हुने लागेको क्षयरोग सम्बन्धी संयुक्त राष्ट्र संघ पहिलो उच्चस्तरीय बैठक (यूएनएचएमएल) को उपलक्ष्यमा विश्वभर यो कार्यक्रम मनाइदैँ छ।
उक्त बैठकले सन् २०३० सम्ममा लिश्वलाई क्षयरोगमुक्त बनाउने प्रतिवद्धतालाई मूर्तरुप दिदैँ क्षयरोगीको ज्यान जोगाउनुका साथै रोकथामका लागि छिटो तथा संयोजित कदम चाल्ने कार्यविधि निर्धारण गर्ने बताइएको छ।
क्षयरोग विश्वमा मृत्युको नवौँ मुख्य कारण हो। अहिले विश्वको प्राणघातक संक्रामक रोगको रुपमा क्षयरोग देखिदैँ गएको छ। विश्वा स्वास्थ्य संगठनका अनुसार क्षयरोगबाट सन् २०१७ मा मात्रै १६ लाख मानिसको मृत्यु भएको थियो। यसले आर्थिक तथा सामाजिक रुपमा पनि गम्भीर असर पारेको संगठनको भनाई छ।
उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारी, क्षयरोग लागेर बाँचेका व्यक्ति, प्रभावित समुदाय, प्राविधिक साझेदार, अनुसन्धानकर्तालगायतले भाग लिदैँछन्।
‘क्षयरोग उन्मूलनका लागि संयुक्त प्रयासः विश्वव्यापी महामारी अन्त्य गर्न तत्काल विश्वव्यापी अभियान चालौँ’ भन्ने नाराका साथ संयुक्त राष्ट्र संघको महासभामा क्षयरोग उन्मूलनको विश्वव्यापी अभियानलाई प्राथमिकता दिदैँ क्षयरोगलाई सम्बोधन गरिएको यो पहिलो पटक हो। क्षयरोगलाई राजनीतिक प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ।