विश्व स्वास्थ्य

अभिनेत्री श्रद्धा कपुरलाई डेंगु


एजेन्सी– बलिउड अभिनेत्री श्रद्धा कपुरलाई डेंगु रोग लागेको छ। सुटिङ सेटमा अस्वस्थ भएपछि गत सेप्टेम्बर २७ बाट छायांकन स्थगित गरेर उनी चेकअपका लागि अस्पताल पुगेकी थिइन्।

उनलाई डेंगुको संक्रमण भएको खुल्न आएको भारतीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। श्रद्धा हालै डाक्टरको सल्लाह अनुसार आराम गरिरहेकी छन्। 

फिल्म ‘स्त्री’को सफलतापछि अभिनेत्री श्रद्धा अभिनित फिल्म ‘बत्ती गुल मिटर चालु’ यतिबेला प्रदर्शनमा छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने