काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतका कार्यलयमा कार्यरत ४ कर्मचारीलाई ७ दिनभित्र सफाइ पेश गर्न सार्वजनिक सुचना जारी गरिएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले १३ वर्षदेखि कार्यालयमा अनुपस्थित रहेका एक डाक्टरसहित वर्षौँदेखि अनुपस्थित रहेका ४ जनालाई सफाइ पेश गर्न सुचना निकालेको हो।
सार्वजनिक सुचना अनुसार जिल्ला आयुर्वेद कार्यालय बझाङमा कार्यरत अधिकृत कविराज डा बमबहादुर सिंह नेपाली १३ वर्षदेखि कार्यालयमा अनुपस्थित रहेको भेटिएको छ। उनी ०६२ साउन २३ गतेदेखि कार्यालयमा अनुपस्थित छन्।
यस्तै जिल्ला आयुर्वेद कार्यालय कपिलवस्तुमा कार्यरत कविराज तृप्ती ढकाल र जिल्ला आयुर्वेद कार्यालय सिन्धुपाल्चोकमा कार्यरत कविराज चिरन्जिवी भट्टराई ०६५ सालदेखि र दालखामा कार्यरत डा दिनेश ज्ञवाली ०६९ सालदेखि बिदा स्विकृत नगराई कार्यालयमा अनुपस्थित रहेका हुन्।