विचार/ब्लग

बदलिँदो परिस्थितिमा युवापुस्ता र मानसिक स्वास्थ्य

गंगाराज अर्याल

परिचय : 11 संगठनको आह्वानमा हरेक वर्षजस्तै आज अक्टोबर १० तारिखमा ‘बदलिँदो विश्व परिस्थितिमा युवापुस्ता र मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्व मानसिक स्वास्थ्य दिवस मनाउन लागिएको हो। मानसिक बिरामीप्रति सामाजिक कुसंस्कारविरुद्ध विश्वव्यापी स्वास्थ्य शिक्षा, जनचेतना र बहस पैरबी बढाउने प्रमुख उद्देश्यका साथ विश्वका १ सय ५० मुलुकमा मनाइने यो दिवस मानसिक स्वास्थ्यका लागि विश्व महासंघको अगुवाइमा सन् १९९२ देखि मनाउन शुरु गरिएको हो। 

मानसिक स्वास्थ्य के हो?

11 संगठनका अनुसार मानसिक स्वास्थ्य भनेको कुनै पनि व्यक्तिले स्वयं निर्भर तथा सक्षम रुपमा उत्तेजनात्मक र व्यावहारिक संयमता अपनाई उत्पादनशील, सुख र सन्तोषजनक रुपमासामान्य जीवनयापन गर्नुलाई मानसिक स्वास्थ्य मानिन्छ।

ऐतिहासिक पृष्ठभूमि : मानसिक स्वास्थ्यका पहिलो प्रवर्तक अमेरिकाका विलियम स्वेस्टरले उन्नाइसौं शताब्दीको मध्यतिर सकारात्मक किसिमले मानसिक स्वास्थ्यका बारेमा पहिलो रुची व्यक्त गरेका थिए। त्यसपछि प्रशिद्ध मानसिक स्वास्थ्य संस्थापक इसाक रे तथा अमेरिकाली मानसिक स्वास्थ्य संघका चौथो अध्यक्ष डोरोथिया डिक्सले मानसिक स्वास्थ्यलाई अभियानकै रुपमा चलाइन्। सो अभियानअघि १९औं शताब्दीअगाडि मानसिक समस्याबाट नागरिक पीडित भएका त थिए, तर आवश्यक ध्यान पुग्न नसकी उपेक्षित नै थिए।

क्यानाडाको टोरन्टोमा १८औं शताब्दीमा मानसिक स्वास्थ्य क्लिनिक र बीसौं शताब्दीको शुरुवातमा क्लिफोर्ड बियर्सले अमेरिकामा ‘मानसिक स्वास्थ्यका लागि राष्ट्रिय समिति’ गठन गरे र संयुक्त राज्य अमेरिकामा पहिलो मानसिक स्वास्थ्य क्लिनिक स्थापना गरे। २०औं शताब्दीपछि अमेरिकालगायत अन्य मुुलुकमा मानसिक स्वास्थ्यलाई समस्याको रुपमा लिइँदै आएको पाइन्छ।

मानसिक समस्यालाई क्यान्सर, मधुमेह अथवा मुटुसन्बन्धी रोगभन्दा सामान्य मानिन्छ। हाल २६ प्रतिशतभन्दा बढी १८ वर्ष उमेर पुगेका अमेरिकीमा मानसिक समस्या पाइएको छ। 11 संगठनले विश्वको जनसंख्याको ५० प्रतिशतभन्दा बढी नागरिकको स्वतःस्फुर्त सक्रियता, नातासन्बन्ध र दैनिक जीवनका क्रियाकलापमा मानसिक समस्याले प्रभाव पारेको पाइन्छ। सन् २०१० मा मानसिक समस्या सुधार्न २५ लाख अमेरिकी डलर खर्च भएकोमा आगामी २०३० सम्ममा सो खर्च ६० लाखभन्दा बढी अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।

मानसिक रोगको स्थिति :
- हरेक वर्ष ५ जना अमेरिकी नागरिकमध्ये १ जना (१८.५%) मा मानसिक समस्या भएको पाइएको छ। सन् २०१५ मा १८ वर्षभन्दा माथिका ९ लाखभन्दा बढी युवा गम्भीर मानसिक समस्याबाट ग्रस्त भएको पाइएको छ।
- 11 संगठनका दक्षिण पूर्वी एसियाली १० वटा मुलुकमा सन् २०१५ को अध्ययनले १३ देखि १७ वर्ष उमेरका किशोर–किशोरीको मानसिक समस्या भएको देखाएको छ। जसअनुसार म्यान्मारमा सबैभन्दा कम (२५०२), टिमोरलिस्टे (२८५३), बंगलादेश (२८७३), नेपाल (५७४७), भारत (६७५१) तथा सबैभन्दा बढी इन्डोनेसियामा (८८९९) पीडित पाइएका छन्। सानै उमेरका र भोलिका कर्णधार किशोर–किशोरीमा मानसिक समस्या पाइनुले बेलैमा सजग हुन नसकेमा भोलि मुलुकमा मानसिक रोगको भयावह स्थिति आउनसक्ने देखिन्छ। टिमोरलिस्टे, भुटान, माल्दिभ्स, थाइल्यान्डमा लागू पदार्थ दुव्र्यसनीको संख्या बढ्दो छ, यसबाट दुव्र्यसनीको नकारात्मक प्रभाव अन्य मुलुकमा समेत पर्नसक्छ।
- दक्षिण एसियाली मुलुकका किशोर–किशोरीले सानै उमेरमै मादक पदार्थ र लागू पदार्थ सेवन सुरु गर्नाले त्यस्तो दुव्र्यसनबाट मानसिक समस्या बढ्न सक्दछ। किनभने नेपालका १३ देखि १७ वर्ष उमेरमा नेपालका १४ प्रतिशत किशोर–किशोरीले आत्महत्याको योजना र प्रयास गर्ने गरेको पाइएको छ। चीनमा आत्महत्या गर्ने किशोरीको संख्या पुरुषभन्दा बढी छ भने टिमोरलिस्टेमा किशोरीभन्दा किशोरको संख्या बढी देखिएको छ।
- १८ देखि २१ वर्ष उमेर समूहका हरेक १० जना किशोर–किशोरीमा १ जना र १३ देखि १७ वर्ष उमेर समूहका हरेक १२ जनामा १ जना किशोर–किशोरीले सूर्तिजन्य र मादक पदार्थ सेवन गर्छन्।
-  विश्वभरका करिब २० प्रतिशत बालबालिका र किशोर–किशोरी मानसिक समस्याबाट पीडित छन् भने १४ वर्षमुनिका ५० प्रतिशतमा मानसिक समस्या भएको पाइएको छ।
-  जनस्वास्थ्य सेवा प्रणालीमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिइएकोे छैन भने मानसिक स्वास्थ्य स्वास्थ्यलाई जनस्वास्थ्यसँग एकीकरण गरिएको छैन।
-  नेपालमा मानसिक समस्या देखिएमा सकेसम्म लुकाएर राख्ने, धामीझाँक्रीलाई देखाउने प्रचलन छ। फलस्वरुप मानसिक समस्या जटिल रोगमा परिणत हुन्छ। जटिल भएपछि दाम्लो, सिक्री वा अन्य तरिकाले जीवनभरि बन्धनमा राख्ने गरिन्छ।
- मानसिक बिरामीको औषधोपचार गर्न पर्याप्त स्वास्थ्य संस्था तथा जनशक्तिको खाँचो छ। काठमाडौं उपत्यकामा त्रिवि शिक्षण अस्पताल र मानसिक अस्पताल मानसिक स्वास्थ्य सेवारत छन्। तर उपत्यका बाहिर भने सामान्य अस्पतालले नै मानसिक स्वास्थ्य सेवा पु¥याएका छन्।
- विश्वभरिमा अपाङ्गता हुनाका प्रमुख कारणमध्ये मानसिक रोग र लागू पदार्थका दुव्र्यसनी बढी छन्।
- मुटुसम्बन्धी रोग, मधुमेह, एचआइभी संक्रमण तथा अस्वभाविक चोटपटक पनि मानसिक रोगका जोखिमपूर्ण तत्व भएका छन्।
- विश्वभरका न्यून तथा मध्यम आय भएका मुलुकमा मानसिक रोगको उपचार गर्ने जनशक्ति तथा समाजिक कार्यकर्ताको अत्यन्त कमी र असमान उपलब्धता पाइएको छ भने उच्च आय भएका मुलुकमा भने यस्ता जनशक्तिको अवस्था राम्रो छ।

मानसिक रोगका कारण : मानसिक रोग उत्पन्न हुनुमा निम्नानुसार विभिन्न कारण छन् :
१. रगतको नाताभित्र कसैलाई मानसिक समस्या भएमा आणुवांशिक र वातावरणीय प्रभावका कारणले मानसिक रोग लाग्न सक्ने जोखिम हुन्छ।
२.गर्भवतीले लागूपदार्थ, मादकपदार्थ र अन्य विषाक्तपदार्थ सेवन गरेमा डिम्वमा त्यस्ता पदार्थको असर पर्नसक्छ र गर्भावस्थामा गम्भीर चोटपटक वा आघात परेको भएमा पछि जन्मने शिशु हुर्केपछि मानसिक समस्या देखिन सक्छ।
३.मस्तिष्कमा पाइने विभिन्न रासायनिक पदार्थले असर गरेमा त्यस्ता रसायनले मस्तिष्क तथा शरीरका अरु अंगमा समेत संकेत ल्याउन सक्छ। त्यस्ता रसायनमा स्नायु सञ्जालमा मिलेमा सुस्त मनोदसा (डिप्रेसन) आउन सक्छ ।
४. लागू पदार्थको कुलतमा लागेका व्यक्तिमा मानसिक समस्या उत्पन्न हुने ठूलो जोखिम रहन्छ।
५. अनावश्यक चिन्ता लिने व्यक्तिलाई पनि मानसिक रोेग लाग्न सक्छ।
६. युद्ध तथा प्राकृतिक प्रकोपले मानसिक समस्यालाई बढावा दिन्छ।

मानसिक रोगका चिह्न र लक्षण :
१. उदासीपन आउनु वा निष्क्रिय रहनु।
२. कहिले धेरै, कहिले थोरै खाना खानु।
३. कुनै काम गर्न नरुचाउनु र थकाई महसुस गर्नु।
४. एकहोरो टोलाइरहनु।
५. असामान्य व्यवहार गर्नु।
६. अधिक डराउनु वा चिन्ता गर्नु।
७. साथीभाइबाट टाढिन खोज्नु र कसैको मतलब नगर्नु।
८. विनाकारण अत्यधिक रिसाउनु।
९. आत्महत्या गर्न प्रोत्साहित हुनु।    
१०. परिवार तथा आफन्तसँग भ्रमपूर्ण र असामान्य व्यवहार गर्नु।

मानसिक रोगमा स्वास्थ्य प्रबर्धन :
१. मानसिक रोगको शंका लाग्नासाथ सकेसम्म चाँडै स्वास्थ्य संस्थामा देखाउन व्यापक रुपमा जनचेतना जगाउनु पर्दछ। फलस्वरुप परिवारका सदस्य, आफन्त वा साथीले तुरुन्तै माया र सहयोग गरी स्वास्थ्यकर्मीलाई देखाउन सकून्। त्यसैले विश्व मानसिक स्वास्थ्य दिवस समुदायस्तरमा मनाउनु पर्दछ।
२. मानसिक बिरामीलाई परिवार, आफन्त वा साथीभाइले समेत निगरानी गरी मनोवैज्ञानिक सहयोग गरी बिरामीको बानी, व्यवहारमा सकारात्मक सुधार गर्न सघाउनु पर्दछ।
३. मानसिक बिरामीलाई स्वास्थ्य शिक्षाका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी ज्ञान, धारणा र बानी व्यहोरामा परिवर्तन ल्याउन सघाउनु पर्दछ।
४. मानसिक बिरामीका साथै समुदायको गुणस्तरीय, सकारात्मक र स्वस्थ जीवनयापनमा सघाउनु पर्दछ।
५. मानसिक बिरामीप्रति सामाजिक परिस्कार तथा भेदभावलाई हटाउन लागिपर्नु पर्दछ।
६. मानसिक रोगीलाई सक्रिय जीवनयापनमा योगा, खेलकुद, सामाजिक सेवा, नाचगान, मनोरञ्जन तथा शारीरिक व्यायाममा लगाउनु पर्दछ।
७. बाल्यवस्थादेखि नै आनीबानी, व्यवहार, खानपान, उपयुक्त निद्राको अनुगमन गर्नु पर्दछ।

रोकथाम :
- 11 संगठनका १ सय ९४ सदस्य राष्ट्रमध्ये १ सय ७७ राष्ट्रले २०१३–२०३० सम्मको १७ वर्षका लागि संयुक्त मानसिक रोग नियन्त्रण कार्य योजना तर्जुमा गरेका छन्।
- मानसिक समस्याग्रस्त वा रोगीको उपचारमा घरपरिवार तथा विद्यालयले अत्यन्त महत्वपूर्ण भूमिका निभाउन सक्छन्। किनभने घरपरिवारलाई आफ्ना सदस्यको बानी, व्यवहार, चालचलनका बारेमा नजिकबाट थाहा पाउँछन्। त्यसकारण कुनै सदस्यको निष्क्रियता, एकहोरोपन, नियमित अल्पाहार, दुव्र्यवहारको महसुस हुनासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरिहाल्नु पर्दछ।
-  मानसिक रोगीले आत्महत्या गर्न प्रोत्साहन गर्ने तत्वहरु पत्ता लगाई त्यस्ता तत्वबाट टाढा राख्नु पर्दछ।
- सूर्तिजन्य पदार्थ, मादक पदार्थ तथा अन्य लागू पदार्थलाई कडा कानुन बनाई बिक्री तथा सेवनमा रोक लगाउनु पर्दछ।
- मेरीजुवाना तथा एम्फेटामाइन जस्ता लागू औषधिलाई कडाइका साथ बिक्री तथा सेवनमा रोक लगाउनु पर्दछ।
-  बाल्यवस्थादेखि पनि मानसिक समस्या उत्पन्न हुनसक्ने हुँदा मानसिक समस्याका कुनै लक्षण भए÷नभएको यकिन गर्न वर्षको कम्तीमा दुईपटक दक्ष स्वास्थ्यकर्मीलाई देखाउनु पर्दछ।
-  कुनै किशोर–किशोरी, परिवारका सदस्यले असामान्य बानी, क्रियाकलाप र व्यवहार गरेको महसुस हुनासाथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरिहाल्नु पर्दछ।
-  एकपटक मानसिक वा अन्य स्वास्थ्य समस्या देखिएकालाई समय–समयमा स्वास्थ्यकर्मीलाई देखाइहाल्नु पर्दछ।
- मानसिक रोगका चिह्न र लक्षणहरुले विकृति नल्याउँदै स्वास्थ्य संस्थामा देखाएमा मानसिक समस्या छिप्न पाउँदैन र उपचार गर्न सजिलो हुन्छ। यदि मानसिक समस्या जटिल अवस्थामा पुगेमा उपचार गर्न कठिन, बढी औषधोपचार खर्च र परिवार वा आफन्तलाई कष्ट हुन्छ।
- पर्याप्त निद्रामा कम्तीमा ८ घण्टा सुत्ने, दैनिक शारीरिक व्यायाम, खेलकूद गर्ने, स्वस्थ्यकर खाना खाने, समाज सेवामा लाग्ने, अध्ययन–अध्यापनमा आफूलाई व्यस्त राख्नु पर्दछ।
- मानसिक बिरामीप्रतिको भेदभाव तथा सामाजिक दुव्र्यवहारलाई अन्त्य गर्नु नै मानसिक समस्याबाट बचाउनु हो।

उपचार :
१. मानसिक समस्याग्रस्त बिरामीको उपचारमा घरपरिवारका सदस्य, आफन्त र साथीभाइको निगरानी, माया र सहयोगको अत्यन्त आवश्यक पर्दछ। त्यसपछि मात्र औषधिको सेवन गराउँदा फाइदा हुन्छ।
२. सुहाउँदो औषधि मात्र सेवन गर्नु पर्दछ। निद्रा नलागेमा सरासर फार्मेसीबाट निद्रा लाग्ने औषधि, कमजोरीपनामा तागत बढाउने र खाना कम खाएमा भोकलाग्ने औषधि किनेर सेवन गर्नु हुँदैन। ३. मनोवैज्ञानिक÷मनोसामाजिक उपचारबाट पनि मानसिक स्वास्थ्य सेवा पु¥याउनु पर्दछ। बिरामीसित बोलीचाली, सामान्य र सहयोगी व्यवहार गर्दा सामान्य मानसिक समस्या निराकरण हुन सक्छन्।
४. ध्यान, योगाको माध्यमबाट पनि मानसिक तनावमुक्त हुनसक्छ। मानसिक समस्या भएका व्यक्तिले आफूलाई शारीरिक व्यायाम, सामाजिक वा अन्य कुनै न कुनै काममा व्यस्त राख्नु पर्दछ।
५. स्वावलम्बी, सकारात्मक र स्वस्थ जीवनशैली अपनाउँदा मानसिक समस्यालाई हटाउन सकिन्छ। जस्तै मादकपदार्थको सेवनमा कमी, समयमै उपयुक्त निद्रा र कम्तीमा ८ घन्टा सुत्ने, बिहानै घुम्ने, खेलकुद तथा अन्य शारीरिक व्यायाम गर्ने र स्वस्थकर खाना खानु पर्दछ।
६. एन्टिडिप्रेसेन्ट, बेञ्जोडाइजेपाइन्स, एन्टिसाइकोटिक जस्ता औषधि तथा लिथियम जस्ता तत्वबाट मानसिक बिरामीको उपचार गरिन्छ। तर औषधिका साथै बिरामीलाई मायाँ, ममता र मनोवैज्ञानिक  सहयोग गर्नु पर्दछ।
७. दुःखी र निरास मनस्थिति, थकान महसुस, कुनै काम कुरामा चाख वा रुची नहुने, अध्ययन, काममा ध्यान नदिने, मलिन अनुहार, टोलाउने जस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउनु पर्दछ।

-(लेखक अर्याल सरकारी स्वास्थ्य सेवामा ४० वर्ष सेवा गरेर सेवा निवृत्त भएका हुन्)

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live