जीवनशैली

पहिलो पटक मैले दसैंमा मासु पकाएर खुवाएँ, सबैले अनौठो र मिठो मान्नुभयो : डा.शशि शर्मा

पहिलाको जस्तै छुट्टी नै नमिल्ने त हुँदैन अचेल। म युवा डाक्टर हुँदा चाहिँ छुट्टी पाउन गाह्रो हुन्थ्यो तर अहिले त्यस्तो छैन। दसैं राम्ररी मनाउन पाएको छु। 

एक/डेढ वर्ष अगाडिको कुरा हो। मलाई दसैंमा एउटा घटनाको सम्झना आइरहन्छ।एकजना बिरामीको दसैंको समयमा बढी रक्सी खाएकाले मृत्यु हुन पुग्यो। सायद अष्टमी÷नवमीकै दिन थियो। मैले निको पारेर पठाएको बिरामी बिते।

मलाई त्यतिबेला मनमा के लाग्यो भने किन दसैंमा मानिसहरु आफ्नो स्वास्थ्यलाई ख्याल नराखी यसरी ओभर ड्रिंक गर्छन् होला?रमाउने माहोलमा त्यो दुःखदपूर्ण घटना नै थियो। उनी त बिते बिते उनको परिवारलाई शोकमा पु¥यायो, सबैको दसैं नै बिग्रियो। 

अहिले धेरैले डाक्टरहरुलाई गाली गरिरहेका हुन्छन्। तर डाक्टरको पनि आफ्नो छुट्टै पीडा हुन्छ भनेर थाहा पाउँदैनन्।हामी कहिल्यै बिदा बस्न पाउँदैनौं।जहिले पनि स्ट्यान्ड बाई हुनुपर्छ,अलर्ट हुनुपर्छ। राति फोन अफ गर्न पाइन्नँ। यो कुरा सर्वसाधारणले बुझिदिनुपर्छ।

व्यस्तताका बावजुद पनि यो दसैंमा मैले आफ्नोघरायसी काम पूरा गर्ने योजना बनाएको छु। सायदयसपालि एक दुईवटा फिल्म पनि हेरिन्छ होला।

दसँैसँग जोडिएको मेरो एउटा रमाइलो प्रसंग छ।सन् १९८४–८५ को कुरा हो। मैले भर्खरै डाक्टरी पास गरेर आएको थिएँ। हंगेरीमा७ वर्ष बसेर आएको थिएँ। घरको कान्छो छोरो घर फर्कियो भनेर परिवारमा सबैजना खुसी थिए।घरमा हुँदा मलाई केही पनि पकाउन आउँदैनथ्यो। विदेशमा बसेपछि मैले खाना पकाउन तथा मासु पकाउन जानिसकेको थिएँ।

त्यतिबेला घरमा मैले योपालिकोे दसैंको मासु मैं पकाउँछु भनेर ढिपी गरेँ। घरमा मेरो कुरा सुनेर सबैजना छक्क परे। 'केही पनि पकाउन नजान्ने मान्छे, मासु पो पकाउँछु भन्छ बा।' 

मैले इन्डियन स्टाइलमा मासु पकाउन सुरु गरेँ। बंगलादेशी साथीले मलाई मासु पकाउन सिकाएको थियो।इन्डियन तथा बंगलादेशीले मासुमा ल्वाङ, सुकुमेल बढी हालेर खाने रहेछन्। आगोमा मैले खड्कुलोमा मासु पकाउन सुरु गरेँ। ल्वाङ, सुकुमेल मज्जाले हालेँ। पकाउँदा पसिनैपसिना भएँ तर पनि एकदम मिठो पकाउँछु भनेर उत्साह थियो।

पकाएपछि यस्तो मिठो भएछ कि सबैजना अचम्ममा परे। अहिलेकसैले ल्वाङ, सुकुमेल राखेर मासु पकायो भने शशीले सिकायो होला भन्छन्। त्यसपछि त जहाँ जाँदा पनि बाआमाले शशिले मासु पकाएर खुवायो भनेर छिमेकमा चर्चा गर्न थालिहाल्ने। तर अहिले अलि अल्छी लाग्छ। खाना पकाउन सोखिन मान्छे हुँ तर अहिले बिजी लाइफ भएर भ्याउँदिन पनि। फुर्सद भयो भने अहिले पनि आफैं बनाउँ भन्ने लाग्छ।विशेषगरी मासु पकाउन मनपर्छ।

पहिलाको जस्तो उत्साह र उमंग अहिले त कहाँ हुनु। दसैं आएपछि कहिले नयाँ लुगा लगाउन पाइएला भनेर कुरेर बसिन्थ्यो।वर्षको एकचोटी स्कुल ड्रेस र नयाँ लुगा हालिदने चलन थियो।

दसैंमा मलाई टीकाको दिन एकदम विशेष लाग्छ। दसैं यस अर्थमा पनि मनपर्छ कि साथीभाइ तथा आफन्तजनसँग भेटघाट हुन्छ। दुःख सुखका कुराहरु सेयर हुन्छ। एक अर्काको प्रगतिका बारेमा पनि जान्न पाइन्छ। दसैं मेरा लागि खासै विशेष भने हुँदैनकिनकि चाडपर्व त आउँछन् जान्छन्।

- (बुनु थारुसँगको कुराकानीमा आधारित)


यो पनि पढौं :

३० वर्षमा दुई पटक मात्र दसैं बिदा

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live