समाचार

बर्दिया: एक्स–रे मेशिन थन्किँदा सास्ती

रासस

धम्बोझी- बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ६ हजार जति बिरामी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा स्वास्थ्योपचारका लागि पुग्ने गरे पनि स्वास्थ्य परीक्षण नहुँदा ६०० देखि ७५० बिरामी जिल्लाबाहिर सिफारिश हुन्छन् । 

बिरामी परीक्षणका लागि उपलब्ध गराइएको एक्स–रे मेशिन सञ्चालन नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएकाले बिरामी जिल्लाबाहिर जान बाध्य छन्। सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव तथा सूचना अधिकारी रामदास थारूले स्वास्थ्य केन्द्रमा मासिक दुई हजारदेखि साढे दुई हजार जति बिरामी आउने गरेको जानकारी दिए। मासिक १२० देखि १५० बिरामी बाँकेको नेपालगञ्ज तथा कोहलपुर सिफारिश भइरहेका छन्। यसरी एक वर्षमा जिल्लाबाहिर सिफारिश हुने बिरामी एक हजार ८०० जति हुने अनुमान छ। 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live