राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा तथा कान सम्बन्धी उपचार सुरु भएको छ।
विश्व दृष्टि दिवसको अवसर पारी बिहीबार उपचार सेवाको उद्घाटन गरिएको हो। नेपाल नेत्र ज्योति संघ र सगरमाथा चौधरी आँखा अस्पताल लहानको समन्वयमा आँखा र कानको उपचार सेवा सञ्चालन हुने कञ्चनरुप नगरपालिकाका मेयर वसन्त मिश्रले बताए।
स्वास्थ्य केन्द्रमा केही समयअघि देखि दाँतको उपचार सेवा पनि सञ्चालनमा छ । केही समयभित्र सर्पदंशको उपचार तथा आकस्मिक सेवा पनि सूचारु गर्ने योजना रहेको उनको भनाइ छ।
स्वास्थ्य केन्द्रका प्रमुखलाई सम्मान
उद्घाटन कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा सन्जिव झालाई सम्मान गरिएको छ। स्वास्थ्य केन्द्रको सेवा विस्तार र निरन्तरतामा महत्वपूर्ण योगदान गरेको भन्दै झालाई सम्मान गरिएको हो।
यसैगरी, स्वास्थ्य केन्द्रका लागि जग्गा दाता परिवारका सदस्य महिन्द्र प्रसाद साह(मुन्ना) र सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीलाई पनि सम्मान गरिएको छ।