काठमाडौं– बाथरोथ सम्बन्धी जनचेतना जगाउन नर्भिक इन्टरनेसनल अस्पतालले मोटरसाइकल र्याली आयोजना गरेको छ।
विश्व बाथरोग दिवसका अवसरमा शनिबार अस्पताल परिसरबाट सुरु भएको र्याली थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, कमलादी, कमलपोखरी, ज्ञानेश्वर, कालो पुल, जय बागेश्वरी, गौशाला, पुरानो बानेश्वर, मध्यबानेश्वर, थापागाउँ, बिजुलीबजार, बबरमहल हुँदै पुनः अस्पताल परिसरमा पुगेर समापन गरिएको थियो।
र्यालीको अस्पतालका प्रवन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले रिबन काटेर उद्घाटन गरेका थिए। र्यालीमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको थियो।
दिवसका अवसरमा 11 संगठनले यस वर्षका लागि ‘डन्ट डिले, कनेक्ट टुडे’ नारा तय गरेको छ।