पाल्पा– पाल्पामा संक्रमित सूक्ष्म कीरा (माइट) को टोकाइबाट सर्ने स्क्रब टाइफसका ३ सय ६५ बिरामी फेला परेको जिल्ला जनवास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
कार्यालयका खोप अधिकृत ओमप्रसाद पन्थीका अनुसार पाल्पा मिसन अस्पतालमा मात्रै सो संख्यामा स्क्रब टाइफसका बिरामी फेला परेको जनाए। ‘असोजको तेस्रो सातादेखि हालसम्म ३ सय ६५ बिरामी फेला फेला परेका छन्।’, उनले भने।
जिल्लामा ठूलो संख्यामा स्क्रब टाइफसका बिरामी फेला परेपछि इपिडिमियोलोजी तथा रोग नियन्तण महाशाखाको टोली पाल्पामा आई अनुसन्धान गरिरहेको जनस्थ्वास्थ्य कार्यालयले जनाएको छ।
टाेलीले स्थानीय निकायसँग पनि समन्वय गरिरहेको बताइएको छ। जिल्लामा अहिलेसम्म कसैको मृत्यु भने नभएको खोप अधिकृत पन्थीले बताए।