रामपुर पाल्पा- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिन्।
उनले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ का वडाध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरेकी हुन्र्नु।
सो अवसरमा उनले दुर्गम भेगका सर्वसाधारण नागरिकलाई अस्पतालसम्म पुर्याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्य गर्दै एम्बुलेन्सले चापाकोटका जनतालाई सहज सेवा पुग्ने विश्वास व्यक्त गरिन्।