काठमाडौं- सोसाइटी अफ पब्लिक हेल्थ फिजिसियन नेपाल (सोफिन)मा नयाँ कार्यसमिति चयन भएको छ।
सोफिनको आइतबार भएको साधारण सभाले डा भिम आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
साधारण सभाले सोफिनको उपाध्यक्षमा डा नरेशप्रताप केसी, महासचिवमा डा अमित भण्डारी, सहसचिवमा डा नस्तु शर्मा, कोषाध्यक्षमा डा आशिष केसीलाई चयन गरेको छ। यसैगरी, सदस्यहरुमा डा अर्चना अमात्य, डा भिमसिंह टिंकरी, डा विकास लामिछाने, डा मदन उपाध्याय र डा सुनिल कुमर जोशी चयन भएका छन्।
सोफिनका निर्वतमान अध्यक्ष डा यशोवर्धन प्रधान हुन्।