काठमाडौं– राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदका लागि प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरुको प्रस्तुतीकरण र 9 कात्तिक पहिलो साता हुने भएको छ।
बिमा बोर्डले छनोटमा परेकाहरुले कार्यकारी निर्देशकमा नियुक्ती गर्नुका कारण, योजना, बिमा बोर्डको निर्देशक भएपछि गर्ने काम लगायतका विषयमा पावर पोइन्ट प्रस्तुती सुन्ने छ। त्यसपछि उनीहरुसँग 9 पनि लिने छ। बोर्डले दिएको जानकारी अनुसार प्रस्तुतीकरण कात्तिक ६ गते साढे १२ बजे लोक सेवा आयोगको कार्यालयमा सुन्ने छ भने 9 पनि आयोगमा कात्तिक ७ गते हुनेछ।
निर्देशकको सिफारिस समितिले आवेदन दिएका ७ जनामध्ये ५ जनाको नाम प्रारम्भिक छनोट गरेको छ। समितिले एक नम्बरमा डा सतिस कुमार देवको नाम सिफारिस गरेको छ। त्यसपछि क्रमश श्रीमान कार्की, शैलेस कुमार मिश्र, दामोदर बसौला र रमेश कुमार पोखरेलको नाम सिफारिस गरेको छ।
हेरौँ सुचना