जीवनशैली

जब दसैंको टिकाकै दिन मैले जाँचेको बिरामीको मृत्यु भयो...

 

विगत ६ महिनादेखि स्टार अस्पतालमा कार्यरत डा.उत्तम लौडारीले त्यसभन्दा अगाडी काठमाडौं मेडिकल कलेजमा काम गरिसकेका छन्। जेनेरल सर्जन उनी दसैंको समयमा आफू ड्युटीमा खटिरहँदाको अनुभव स्वास्थ्यखबरकी बुनु थारुलाई यसरी सुनाए :


पहिला म बाल्यकालमा चंगा उडाउनको एकदम शौखिन थिएँ। स्कुल छुट्टी हुन्थ्यो, बिहान हावा लागे पनि नलागेपनि १०/११ बजेदेखि नै चंगा उडाउन सुरु गरिन्थ्यो। सानोमा दिइने दक्षिणा बटुल्न मनपथ्र्यो। १ रुपैँया पाउँदा त्यो घरमा टिका लगाउन जाँदिनथेँ। रातो नोट भनेर ५ रुपैयाँ दिने घरमा जान्थेँ। अझ निधारको टिका मेटेर भए पनि फेरि दक्षिणा पाउने आसले जान्थेँ।

मेरो घर तनहुँ हो। सानोमा दसैंमा घर गाँउ गइन्थ्यो। सबैजना भेला भइन्थ्यो। आफै पनि काठको रोटे पिङहरु बनाउन्थ्यौँ। 

००
दसैंसँग जोडिएको एउटा घटना चाहिँ मेरो दिमाग अझै पनि सल्बलाइरहन्छ। त्यो दसैंसँग जोडिएको मेरो सबैभन्दा नमिठो घटना हो। 

हामीले मेजर अप्रेसन गरेका थियौँ। म काठमाडाँै मेडिकल कलेजमा कार्यरत थिएँ। एकजना कलेजोको बिरामी एक महिनादेखि मेरो निगरानीमा थिइन्।

त्यतिन्जेलसम्म मेरो त्यो परिवारसँग इमोसनल अट्याचमेन्ट भइसकेको थियो। बिरामीको आमाले पनि हरेक दिन मलाई भेट्नै पर्ने ढिपी गर्थिन् र म भेट्थेँ पनि। एकदिन बिरामी हेर्न गइदिएन भने बिरामीकी आमा रुने कराउने गर्थिन् त्यसैले पनि म दिनहुँ जाने गर्थेँ। 

त्यसैले म त्यो परिवारप्रति एकदम नजिक भइसकेको थिएँ । लगभग एक महिनादेखि आइसियुमा थिइन् ती बिरामी। उनको परिवार गरिब थियो।

हामीले आफैँले आर्थिक संकलन गरेर बिरामीको उपचार गरेका थियाँै। म त्यति बेला रेजिडेन्सी गरिरहेको थिएँ। एमडि पढिरहेको थिएँ। 

मैले टिका घरमा लगाइसकेको थिएँ। त्यो बिरामीको अवस्था अघिल्लो दिनको रातिदेखि नै प्रतिकुल छ भनेर मैले सुनिरहेको थिएँ। बिहान फोन आयो। त्यसपछि दौडेर अस्पताल गएँ। 

म गेटबाट छिरेँ र पार्किङतिर गइरहँदा मलाई अर्कै किसिमको अनुभव भइरहेको थियो, केही नराम्रो भयो कि भन्ने डर लागिरहेको थियो।

बिरामी बस्ने बेडमा जाँदा त त्यहाँ ती बिरामी नै थिइनन्। एनको त राती नै मृत्यु भइसकेको रहेछ। त्यही भएर त्यहाँबाट निकालिसकेको रहेछ।

भेट्न जाँदा मेरो निधारमा रातो टिका र कानमा जमरा थियो। बिरामीका छोरीहरु बाहिर वेटिंग रुममा बसिरहेको देखेँ निराश मुद्रामा। 

मैले हेलेमेट खोलेर हेर्न पनि सकिँन केही बोल्न पनि सकिँँन। 

दशैँको विशेष दिन टिकाकै दिनमा त्यस्तो लामो समय हेरेको बिरामी जोसित एक किसिमको नजिकपन भइसकेको थियो त्यो खबरले त्यो दिन नै मेरो एकदम खल्लो भयो।

टिकाको दिन एकदिन मात्र बाँचिदिएको भए पनि हुन्थ्यो नी भन्ने लागिरहेको थियो।

त्यो दिनम घर पनि गइँन। साथीहरुसँग बसे। बिरामीका आफन्तले मलाई खोजिरहेका थिएँ, उपचार गरिदिनुभएको भनेर मलाई चिठी पनि लेखेका रहेछन् तर मैले भेट्नै सकिँन। 

००
दसैंको समयमा मैले हेरेको अर्को दुःखद घटना पनि छ। टिकाकै दिन भर्खरका बिहे गरेका श्रीमान् श्रीमती टिका लगाएर बनेपातिर गइरहेका रहेछन्। 

मेरो ड्युटी थिएन तर पनि अस्पतालमै थिएँ। दुर्घटनाको केस आयो भनेर हामीले तुरुन्त हे¥यौँ। दुवैलाई चोट लागेको थियो तर श्रीमती गम्भिर थिइन्। उनलाई बचाउन सकिएन। 

यस्ता घटनाको सामना हामीले गरिराखेका हुन्छौं
००
बिरामीको सेवामा खटिरहनु पर्छ। ३ –४ वर्ष भयो होला म आफ्नो पूख्र्यौली घर जान पाएको छैन। यो पालि पनि त्यस्तै बिजी सेड्यल नै छ। दसैं यतै अस्पताल तिर नै बित्छ यो वर्ष पनि। 

म टिकाकै दिन भनेर घर जान पाएको छैन खासमा। टिका सिध्याएर अरु साथीहरु आएपछि घर जाने गरेको छु। 
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने