विचार/ब्लग

मानिस एउटा रोग हो

रोग मानिसलाई लाग्छ, तर मानिस आफैंमा पनि एउटा रोग हो

 ओशो

मानिस एउटा रोग हो। रोग मानिसलाई लाग्छ, तर मानिस आफैंमा पनि एउटा रोग हो। यो उसको समस्या हो र साथै, यो उसको अद्धितीयता हो। यो उसको शौभाग्य हो र उसको दुर्भाग्य पनि। संसारका अन्य कुनै जनावर यति समस्या ग्रस्त, व्याकुल, तनाव, यति बिमारी छैन, जति मानिस। र यो परिस्थितिले नै मानिसलाई यति उन्नति, बिस्तार दिएको छ, किनकी रोगको मतलब हो आफू जहाँ छ खुशी रहन सक्दैँन, आफू जे  छ त्यसैमा  राजी रहन सक्दैँन, आफू जे छ त्यसमा राजी रहन सक्दैँन।

यो रोग व्यक्ति स्वयंको सक्रियता बनेको छ, उसको  व्याकुलता बनेको छ, तर त्यहि समयमा यो उसको दुर्भाग्य पनि हो किनकी उ तनावपूर्ण छ, दुखी छ र उ कष्टमा छ। 

संसारमा मानव बाहेक  कुनै जनावरको पनि सामथ्र्य छैन ‘पागल’ बन्नको लागि। जबसम्म मानिसले कुनै जनावरलाई विक्षिप्त हुन वाध्य पार्दैन, तबसम्म त्यो आफै पागल बन्दैन, मानिसक रोगी बन्दैन। जंगलमा जनावरको जीवन बन्धनमा हुँदैन, सर्कसमा जीवन दुषित बन्दछ। कुनै जनावरले आत्महत्या गर्दैन, मात्र मानिसले आत्महत्या गर्न सक्दछ। 

दुईवटा उपायहरु गरिएका छन् मानिस नामक रोगलाई बुझ्न र स्वस्थ गर्नको लागि। 

एउटा हो औषधी र अर्को हो ध्यान। यी दुवै एउटै रोगका उपचारहरु हुन। यहाँ  यो बुझ्नु उपयोगी हुनेछ कि औषधिले व्यक्ति भित्रको प्रत्येक रोगलाई पृथक पृथक गरेर हेर्छ, कुनै भागको विक्ष्लेषण गर्ने एउटा प्रक्रिया। ध्यानले व्यक्तिनै रोग हो भन्दछ, ध्यानले मानिसको व्यक्तित्वनै रोग हो भन्ने मान्दछ। औषधिले ठान्दछ कि रोगहरु मानिसलाई लाग्छन् र त्यसपछि तिनीहरु हराउँछन कि तिनीहरु मानिसभन्द अर्कै प्राणी हुन्। तर विस्तारै यो भेद हराउँदैछ र औषधि विज्ञानले पनि भन्न शुरु गर्दैछ,‘रोगलाई होइन रोगीको उपचार गर।’

यो  अत्यन्त महत्वपूर्ण वक्तव्य हो किनकी यसको अर्थ हो ,रोग अरु केही  होइन केवल रोगीको जीवन जीउने तरिका हो। सबै मानिस एउटै किसिमले रोगी हुँदैनन्। रोगको पनि आफ्नै विशिष्टता हुन्छ, तिनीहरुको व्यक्तित्व। त्यस्तो हुँदैन कि यदि म टिबीबाट ग्रसित छु यदि तपाई पनि टिबीबाट ग्रसित छु र यदि तपाई पनि टिबीबाट ग्रसित हुनुहुन्छ भने हामी दुवै एकै प्रकृतिका रोगी हुन्छौँ। हाम्रा टिबीहरुले पनि आफुलाई दुई रुपमा प्रस्तुत गर्दछन्, किनकी हामी दुवै फरक व्यक्ति हौँ। यस्तो पनि हुन सक्दछ कि त्यो उपचार जसले मेरो टिबी सन्चो पार्छ, तपाईको टिबीलाई राहत नपु¥याउन पनि सक्छ। त्यसैले गहिरो तलमा रोगीनै जरामा हुन्छ, रोग होइन। 

औषधिले मानिसका रोगलाई एकदम सतही रुपमा समात्छ। ध्यानले व्यक्तिलाई गहिरो तलमा पक्डिन्छ। अर्को शब्दमा यो भन्न सकिन्छ कि औषधिले बाहिरबाट व्यक्तिको स्वस्थता ल्याउन कोशिश गर्दछ। न त ध्यानको विज्ञान औषधि वेगर पूर्ण हुन सक्दछ, न त औषधिको विज्ञान ध्यानको वेगर पूर्ण  हुन सक्छ, किनकी व्यक्ति आत्मा र शरीर दुवै हो। वास्तवमा व्यक्तिलाई यी दुवै रुपमा सम्बोधन गर्नु भाषगत भुल हो। 

हजारौ वर्षसम्म मानिसले सोचेको छ कि व्यक्तिको शरीर र आत्मा फरक फरक वस्तु हुन। यो सोचाइले दुई धेरै खतरनाक नतिजा उत्पान्न गरेको छ।

एउटा नतिजा यो भयो कि केही मानिसहरुले ठाने कि व्यक्ति आत्मा मात्र हो र तिनीहरुले शरीलाई नकारे। त्यस्ता मानिसहरुले ध्यानको क्षेत्रमा विकास ल्याए तर औषधिमा होइन औषधि विज्ञान बन्न सकेन, शरीरको पूर्ण रुपमा अनादर गरियो। 

अर्कोतिर, केही व्यक्तिले ठाने मानिस शरीर मात्र हो र आत्मालाई नकारे। उनीहरुले औषधिमाथि धेरै सोध र विकास गरे तर ध्यान तिर कुनै पाइला चालेनन्। 

तर मानिस एकै  समयमा दुवै हो। मैले यो पनि भनिरहेको छु कि यो भाषगत भूल हो। जब हामीले भन्दछौँ कि एकै समयमा दुवै, यसले यस्तो भान दिन्छ कि त्यहाँ दुई चिज छन् जुन एक आपसमा जोडिएका छन्। होइन, वास्तवमा मानिसका शरीर र आत्मा एउटै खम्बाका दुई टुप्पाहरु हुन। यदि यसलाई सही दृष्टिकोणबाट हेरियो भने हामीले यो भन्न सक्दैनौँ कि मानिस शरीर र आत्माको जोड हो–त्यो होइन। मनिस साइको–सोमेटिक या सोमेटो– साइकिक हो (आत्मो दैहिक या दैहिक आत्मा) मानिस मन शरीर या शरीर मन हो। 

मेरो भनाईमा, आत्माको त्यो हिस्सा जुन हाम्रो इन्द्रीयहरुको पकडभित्र हुन्छ त्यो शरीर हो र शरीरको त्यो भाग जुन इन्द्रीयहरुको पकडभन्दा पार हुन्छ त्यो आत्मा हो। अदृष्य शरीर चाहिं आत्मा हो, सदृष्य आत्मा चाहिं शरीर हो। तिनीहरु दुई फरक चिजहरु होइनन्, तिनीहरु दुई फरक अस्तित्व होइनन, तिनीहरु एउटै अस्तित्वका दुई फरक कम्पनहरु हुन्। 

वास्तवमा, यो द्धैत दृष्टिकोणले मानिस मात्रलाई नराम्रोसँग आघात पु¥याएको छ। हामीले सधै दुईको सम्बन्धमा सोच्दछौँ र समस्यामा पर्छौँ। शुरुमा हामीले पदार्थ र उर्जाको सम्बन्धमा विचार गर्ने गथ्र्यौ, अहिले हामीले भन्न सक्दौनौ कि पदार्थ र उर्जा फरक हुन। अहिले हामी भन्दछौं कि पदार्थनै उर्जा हो। सच्चाई यो हो कि पुरानो भाषाको प्रयोगले समस्या निम्त्याई रहेको छ। पदार्थनै उर्जा हो भनेर भन्नु मात्र पनि सहि होइन। एउटा चीज छ त्यसलाई ‘क’भनौँ जुन एउटा छेउबाट हेर्दा पदार्थ हो भने अर्को छेउबाट हेर्दा उर्जा हो, तिनीहरु दुई होइनन्। तिनीहरु एउटै अतित्वका दुई रुपहरु हुन्। 

त्यसै गरी शरीर र आत्मा एउटै अतिस्त्वका  दुई छेउहरु हुन्। रोग कुनै पनि छेउबाट शुरु हुन सक्दछ। यो शरीरबाट शुरु हुन सक्दछ र आत्मासम्म पुग्दछ, वास्तावमा, जे पनि शरीरमा घट्दछ, त्यसको लहर आत्मामा महशुस हुन्छ। त्यसैले कहिले काँहि यस्तो हुन्छ  कि एउटा मानिस शारीरिकरुपमा रोगबाट निको हुन्छ तर उसले रोगी महशुस गरिरहन्छ। रोगले शरीर छोडिसकेको हुन्छ, डाकटरले भन्छ कुनै रोग छैन, तर बिरामीले अझै बिसन्चो महशुस गर्दछ र उ रोगी छैन भन्ने कुरा स्वीकार गर्न चाहँदैन। विभिन्न खोजविन र जाँचहरुले इंकित गर्दछन् कि चिकित्साको दृष्टिकोणले सबै कुरा ठीक छ। तर रोगी व्यक्तिले भनिरहन्छ कि उसले स्वस्थ महशशुस गरिरहेको छैन। 

यस किसिमको रोगीले डाकटरलाई साँच्चिकै चिन्तित पारेका छन्, किनभने खोजविनका विभिन्न पद्दतिहरुले इंगित गर्दछन् कि कुनै रोग छैन। तर रोग नहुनुको मतलव यो होइन कि तपाई स्वस्थ हुनुहुन्छ। स्वास्थ्यको आफ्नै सकारात्मकता हुन्छ। रोगको अनुपस्थिति केवल एउटा नकारात्मक स्थिति हो। हामीले भन्न सक्दछौँ कि काँडा छैन, तर त्यसको मतलव फुलको उपस्थिति होइन कि त्यहाँ काँडा छैन भन्नाले काँडाको अनुपस्थिति इंकित गर्दछ। तर फूलको उपस्थिति कुनै अर्कै विषय हो। 

औषधि विज्ञानले आजसम्म स्वास्थ के हो भन्ने आयामतर्फ केही पनि उपलब्धी गर्न सकेको छैन। यसको सम्पूर्ण कार्य रोग के हो भन्ने आयामतिर रहेको पाइन्छ। यदि तपाईले स्वास्थ्यको विज्ञानलाई रोगको बारेमा सोध्नुभयो भने यसले परिभाषहरु दिन थाल्दछ, तर यदि तपाईले स्वास्थ के हो भनेर सोध्नु भयो भने यसले तपाईलाई गुमराह गर्न थाल्दछ। 

यसले भन्दछ कि जब कुनै रोग हुँदैन, तब  जे बाँकी हुन्छ त्यो स्वास्थ हो। त्यो चलाखी हो, परिभाषा होइन। तपाईले कसरी रोगसँग जोडेर स्वास्थको परिभाषा दिन सक्नुहुन्छ? यो काडाँसँग जोडेर फूलको परिभाष दिनु जस्तै हो, यो मृत्युसँग जोडेर जीवनको परिभाष दिनु जस्तै हो वा प्रकाशलाई अधंकारसँग जोडेर। यो, मानिसलाई महिलासँग जोडेर परिभाषित गर्नु जस्तै हो, या त्यसको ठीक उल्टो। होइन, औषधि विज्ञानले हालसम्म स्वास्थ के हो भन्ने बारेमा भन्न सकेको छैन। यसले केवल रोग के हो भन्ने बारेमा मात्र हामीलाई बताउन सक्दछ, स्वभाविक रुपमा।

यसको कारण छ कारण के हो भने औषधिको विज्ञानले बाहिरबाट मात्र समात्छ, मात्र शारीरिक रुपलाई समात्छ। बाहिराबाट मात्र रोगलाई समात्न सकिन्छ। स्वास्थ्य व्यक्तिभित्र जे छ त्यबाट समात्न सकिन्छ, उसको सबैभन्दा आन्तरीक अस्तित्व र उसको आत्मा। यो सम्बन्धमा शब्द स्वास्थ्य साँच्चीकै अचम्कको छ। अंग्रेजी शब्द हेल्थ र स्वास्थ्य एउटै अर्थ भएका शब्द होइनन। हेल्थ र हिलिङ्ग  भन्ने शब्दबाट  लिइएको हो, रोग यो सँग जोडिएको छ। हेल्थको अर्थ रोगमुक्त हुनु हो उ जो रोगबाट पुर्नलाभ पाउँछ। 

स्वास्थको मतलव यो होइन, स्वास्थको मतलव हो कि उ जो आफूभित्र स्थित भएको छ, उ जसले आफूलाई  भेटेको छ। स्वास्थ्यको मतलव हो उ जो आफैंभित्र उभिन सकेको हुन्छ र त्यसैले स्वास्थ मात्र हेल्थ होइन। वास्तवमा संसारका अरु सबै भाषाहरुमा शब्दहरु छन् जुन या त रोगको पर्यायवाची छन् या निरोग। स्वास्थ्य सम्बन्धी हामीले बोकेको धारण निरोगको छ। रोग नहुनु आवश्यक छ तर स्वास्थको लागि प्रयाप्त छैन। अरु केही आवश्यक छ खम्बाको अर्को छेउतिरबाट अरु केही, हाम्रो अन्तर अस्तित्वबाट। एउटा रोग बाहिरबाट शुरु भएपनि  यसका कम्पनहरु आत्मासम्म सुनिन्छ। 

- (ओशो : फ्रम मेडिकेशन टु मेडिटेशन)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने