काठमाडौं- बरिष्ठ चिकित्सक डा. श्यामबहादुर पाण्डेको निधन भएको छ। विगत ७ वर्षदेखि दुवै मिर्गौला फेल भएका डा पाण्डेको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो। अस्पतालका अनुसार डा पाण्डेको मंगलबार राती साढे ८ बजे उपचारका क्रममा निधन भएको हो।
मिर्गौला फेल भएका पाण्डेको मस्तिकघात भएको थियो। उनी पछिल्लो पाँच दिनयता बयोधाको आइसियूमा उपचाररत थिए।
उनी केही दिन अघिसम्म बिरामीको उपचारमा सक्रिय थिए। मिर्गौला फेल भए पनि आफ्नो उपचार गराउँदै अरुको उपचार गर्दै हाँसिरहेका भेटिन्थे।
उनले सन् १९६३ मा एमबीबीएस पास गरेका हुन्स। उनी राजपरिवारका सदस्यको चिकित्सक समेत थिए।
डा. पाण्डेका श्रीमती, दुई छोरी र एक छोरा छन्। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ।
काठमाडौंको डिल्लीबजारमा जन्मे–हुर्केका डा पाण्डेका पिता जितबहादुर पाँडे नेपाली सेनाका अधिकृत थिए।