विचार/ब्लग

जब देउसेसँगै डा भगवान कोइरालाले कम्मर मर्काए...

 अच्युत शाली घिमिरे

तिहारको रमाइलो भाइटीकासँगै देउसी भैलो पनि हो। साथीभाइ मिलेर देउसी खेल्नुको मजा नै छुट्टै हुन्छ। यही क्रममा केएमसी एल्मुनाइ एसोसिएसनद्धारा बिहिबार देउसी कार्यक्रमको आयोजना भएको थियो। 

लक्ष्मीपूजा र गोरुपुजाको दिन खेलिने देउसीभैलोले समग्र समुदायमै सम्बन्ध र भाइचारा बढाउन टेवा पुर्या उँछ । एक अर्काको घरमा गएर गीत गाउँदै नाचगान गर्दा वातावरण नै रमाइलो हुन्छ र संस्कृति संवर्धनमा योगदान पुर्याउदछ।

हामीले पनि देउसी कार्यक्रमलाई रमाइलो बनायौँ। 

हाम्रो देउसीको रमाइलो तबभ यो, जब हामी डा भगवान कोइरालाको घरमा पुग्यौँ।

उहाँको घरमा पुग्दा अर्को संयोग पनि मिल्यो। डा वसन्त पन्त, पत्रकार विजयकुमार पाण्डे पनि त्यहाँ जोडिनु भएको थियो।

हामीले देउसी सुरु गर्यौँ।

डा भगवान कोइराला मुस्कानसहित बाहिर निस्कनु भयो।

निलो स्वेटर भित्र सेतो सर्ट, निलो जुत्ता अनि घिउ कलरको पाइन्टमा रहनु भएको डा कोइराला पनि देउसी गीतमा नाच्नु भयो। कम्मर मर्काउनु भयो।

साँच्चै त्यो क्षण निकै रमाइलो र आनन्दको थियो। हाम्रा लागि त्यो क्षण अविस्मरणीय रह्यो। 

मादलुको तालमा र गितारको लयमा भट्याउने र विभिन्न लोक संस्कृति झल्कने गीतहरुमा नृत्य पस्किने क्रम जारी नै रह्यो। बिरामी जाँच्दा सेतो एप्रोनमा मात्र प्राय देखिने डा कोइरालाले कम्मर मर्काएको देख्दा हामीहरुको अनुहारबाट पनि हाँसो निस्क्यो। अनुहारमा मुस्कान आइरह्यो।

अनि विजय सरलाई दिशानिर्देश कार्यक्रममा प्रश्न कर्ताका रुपमा मात्र देखेका थियौं। तर जब उहांहरु पनि नेपथ्यको गीत 'मै नाचे छमछमी' मा नाच्न थाल्नु भो हामी दंग र प्रफुल्लित भयौं। 

दुनियां बदल्न नवीनताको जादूपछि दौडिरहने उहांहरु मनोरञ्जन, कला र सिर्जनाका क्षेत्रमा समेत यति प्रखर हुनुहुँदो रहेछ हामीले सोचेका पनि थिएनौं। साँच्चै नै कला र संस्कृतिको उत्पत्ति मनुष्यको अनन्त चेतको प्रतिभाबाट हुँदो रहेछ, सरहरुको प्रस्तुतिले प्रमाणित गरिदियो। दिव्य आभास, सौन्दर्य, हृदयस्पर्शिता सबै सबै साकार भए झै लाग्यो।

कला, संस्कृति र सिर्जनाको मूल तत्व आपसी प्रेम, स्नेह, सुमधुर सम्बन्ध हो र यि सबैले मानिसको जीवनमा उर्जा र हौसला प्रदान गर्नुको साथै अलौकिक आन्नदमा मानिसलाई प्रवेश गराउदछ। सरहरुसंगै कम्मर मर्काएर नाच्न पाँउदा हामी खुशीले गदगद थियौं। सरहरुको मिठा मिठा दुईचार शब्दहरु सुन्दै हामी रमाईरहेका थियौं।

बलिराजाको आदेश अनुसार नै सहि हामी फेरि अर्को तिहारमा आउने बाचा गर्दै, आशिष दिदैं हामी विदा भयौं। यस संस्थामा आवद्ध हामी सबै डाक्टर, इन्जिनियर, सिए आदि डा भगवान सरले गर्नुभएको स्वागतका लागि जीवनभर कृतज्ञ रहनेछौं।

-(घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानका जुनियर इन्टर्न हुन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने