काठमाडौं– स्वास्थ्य सचिव पुष्पा चौधरीले प्रशासनको चेन अफ कमान्ड नमानेको भन्दै प्रधानमन्त्री कार्यालयले सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्ध भ्याकेटमा जान टिप्पणी उठाएको छ। केही दिनमै दर्ता गर्ने तयारी सहित टिप्पणी उठाइएको हो।
डा चौधरीका गतिविधीबाट मुख्य सचिव लोकदर्शन रेग्मी पनि आक्रोशित छन्। डा चौधरीले उनलार्इ भेट्न खोज्दा समय नै नदिइ फर्काएका छन्। कुनै सल्लाह नै नगरि सर्वोच्च अदालत गएको भन्दै मुख्यसचिव रेग्मी रुष्ट भएका हुन्।
डा चौधरी मंगलबार मुख्य सचिवलाई रेग्मीलार्इ भेट्न पुगेकी थिइन् तर उनलार्इ समय दिइएन । फेरि आउने भन्दै फर्केकी चौधरी त्यसपछि गएकी छैनन्।
मुख्य सचिव आफूसँग आक्रोशित भएको जानकारी पाएपछि फेरि भेट्न जान नसकेकी हुन्।
सर्वोच्चका आदेशका विषायमा भ्याकेटमा जानुका साथै सचिव डा चौधरीमाथि प्रशासनिक कारवाही समेत गर्ने तयारी भइरहेको मुख्यसचिव स्रोतले जनाएको छ ।
सरकार अन्तर्गतका कर्मचारीले खटाएको ठाउँमा नगएर चुनौती दिनु सही नभएको भन्दै प्रधानमन्त्री कार्यालयको दण्डित गर्ने तयारी छ।