समाचार

सर्लाहीमा ३ दिने योग शिविर

स्वास्थ्यखबर

सर्लाही—  बलरा नगरपालिका छतौना सर्लाहीमा तीन दिने योग तथा ध्यान शिविर सञ्चालन भएको छ।

स्वामी बिवेकानन्द योग अनुसन्धान संस्थान, बैंगलोरबाट योग प्रशिक्षक कोर्ष गरेका धिरेन्द्र कुमार सिंहले गत कात्तिक २२, २३ र २४ गते शिविर सञ्चालन गरेका हुन्।

उनले शारीरिक र मानसिक रुपले स्वस्थ  रहन  दैनिक १ घन्टा योग गर्नुपर्ने बताए।

‘विश्वले योगलाई सकारात्मक रुपमा लिइरहे पनि हामी अपेक्षित रुपमा पछि परेका छौं,’ उनले भने ‘पौराणिक ग्रन्थमा आधारित मौलिक चिकित्सा पद्धतिका रुपमा रहेका आयुर्वेद र योगलाई राज्यले उपेक्षा गरेको छ।’
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live