रुपन्देही – प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठी भैरहवामा सुरु भएको छ । वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठीको एक कार्यक्रमका बिच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गरे।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले शिक्षा निजीक्षेत्रको हातमा गइसकेको र स्वास्थ्यलाई पनि त्यही अवस्थामा पु¥याउन थालेको बताएका छन । यदि शिक्षाको अवस्था जस्तो स्वास्थ्यको अवस्था रहे स्वास्थ्य महंगो हुने र गरिबहरुले उपचार गर्न नसक्ने अवस्था श्रृजना हुने उनले बताए।
स्वास्थ्यमा यस्तो अवस्था अन्त्य गर्नको लागी सरकारी स्वास्थ्य संस्थाहरुले गुणस्तरीय र छिटो छरितो सेवा उपलब्ध गराउनु पर्र्ने बताएका छन्। मन्त्री बरालले निति बनाउदा सरकारीलाई भन्दा बढी निजीलाई प्राथामिकता दिएको कारण अहिले स्वास्थ्यको अवस्था नाजुक बन्दै गएको बताए।
सामाजिक विकास मन्त्री बरालले अन्य क्षेत्रमा लगानी गरेको तत्काल देखिने र स्वास्थ्य क्षेत्रमा लगानी गरेको नदेखिने भएकोले रिजल्ट खोज्नेलाई तत्काल नदेखिएको बताए। स्वाथ्यको लगानी दीर्घकालिन हुने र देसविकासमा महत्वपूर्ण रहेको बताए । प्रदेशमा स्वास्थ्यका थुप्रै समस्या छन् तर अहिले हामी सामाना गरेर अघिबढेका छौ एक्लो प्रयासले नहुने भन्दै सबैको प्रयासले समस्या समाधन गर्न सजिलो हुने बताए।
गोष्ठीमा बोल्दै सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद कुमार गिरीले प्रदेशको स्वास्थ्य अबस्था र चुनौतिको बारे जानकारी गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य प्रशासक दिनेश कुमार चापागाईंले स्वास्थ्यको अबस्था तथा कार्यदिशाको बारे जानकारी गराएका थिए।
गोष्ठिमा औषधी ब्यबस्था बिभागका महानिर्देशक नारायण प्रसाद ढकालले प्रदेशमा औषधीको माग उत्पादन लगायतका विषयमा जानकारी गराएका थिए। कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तथा सूचना केन्द्रका निर्देशक सुनिल शर्मा, समाजीक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी लगायतले खनफ्ना धारणा राखेका थिए।
दुई दिन सम्म चल्ने प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा प्रदेश नं ५का १२ जिल्लाका स्वास्थ्यकार्यलयका प्रमुख हरुको सहभागिता रहेको छ । कार्यक्रम कार्तिक ३० र मंसिर १ गते रहने निर्देशनालयले जनाएको छ।