काठमाडौं– सुदुरपश्चिम सरकारले सरकारी डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक लगाएको छ। प्रदेश सरकारले प्रदेश अन्तर्गत रहेका सबै सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई निजीमा काम नगर्न निर्देशन दिएको छ।
प्रदेश सरकारले यो विषयमा नियमित अनुगमन समेत गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयबाट नियमित र आकस्मिक अनुगमन हुने छ। अनुगमनका क्रममा कार्यालय समयमा निजी अस्पताल र क्लिनिकमा काम गरेको पाइएमा कारबाही हुने बताइएको छ।