विचार/ब्लग

चेपाङमा रहेका ब्याक्टेरिया अफ्रिका र अमेजनका जङ्गलमा निर्भर समुदायसँग मिल्दाजुल्दा

डा आशिष झा


जीवाणु र किटाणु पर्यायवाची शब्द होइनन्। हाम्रा वरिपरि प्रत्येक ठाउँमा बिभिन्न प्रकारका ब्याक्टेरिया र भाइरस जस्ता सुक्ष्म जीवाणुहरुले बसोबास गरेका हुन्छन्। यिनीहरु मध्ये कुनैकुनै क्षयरोग, हैजा  र निमोनिया जस्ता घातक रोगका कारण हुन सक्छन्। यस्ता घातक जीवाणुहरुलाई किटाणु भनिन्छ। तर सबै जीवाणुहरु किटाणु हुँदैनन् किनकि धेरै जसो जीवाणुहरुले मानिसमा रोग फैलाउँदैनन्। केही जीवाणुहरु यस्ता पनि हुन सक्छन् जसले मानिसलाई मोटोपन, डाइबीटिज  र क्यांसर जस्ता रोगहरुबाट बचाउन मद्दत गर्छन्।

वास्तवमा मानव शरीरको प्रत्येक भाग र अंगहरुलाई हजारौं किसिमका सुक्ष्म जीवाणुहरुले ओगटेका हुन्छन्। यस्ता सुक्ष्म जीवाणुहरुको संग्रहलाई “माइक्रोबायोम” भनिन्छ। हाम्रो शरीरको एउटा भागको माइक्रोबायोम शरीरको अर्को भागको माइक्रोबायोमभन्दा भिन्न हुन्छ। जस्तै हाम्रा छालाको माइक्रोबायोम हाम्रा कान, नाक र मुखका माइक्रोबायोमहरु भन्दा धेरै फरक हुन्छन्। हाम्रो शरीरको माइक्रोबायोमहरुमा र खास गरी हाम्रो आन्द्राको माइक्रोबायोममा धेरै प्रकारका “ब्याक्टेरिया” भनिने सुक्ष्म जीवाणुहरुको उपस्थिति हुनु हाम्रो स्वास्थको लागि आवश्यक हुन्छ। आन्द्राको माइक्रोबायोमले हाम्रो पाचन प्रक्रिया र रोगप्रतिरोधात्मक क्षमतामा साकारात्मक प्रभाव पार्छ अनि यिनी मध्ये केही ब्याक्टेरियाहरुले हामीलाई संक्रामक किटाणुहरुबाट पनि रक्षा गर्न सक्छन्।

धेरै जस्ता ब्याक्टेरियाहरु उनीहरुको आफ्नो प्राकृतिक वातावरणको बाहिर प्रयोगशालामा बाँच्न नसक्ने हुनाले केही दशक अघिसम्म माइक्रोबायोमको अध्ययन गर्न धेरै गार्हो पर्थ्यो। तर आधुनिक बिज्ञान र प्रविधिमा भएको बिकासको कारणले आजभोलि  कुनै पनि वस्तुमा रहेको माइक्रोबायोमको निरुपण गर्न जीवणुहरुलाई प्रयोगशालामा उमार्ने जरुरत पर्दैन। यसले गर्दा आजकल माइक्रोबायोमहरुको अध्ययन गर्न निक्कै सजिलो हुन गएको छ। जस्तै, आन्द्राको माइक्रोबायोमको चित्रांकन गर्न मानिषहरुको दिसा संकलन गरेर त्यसमा उपस्थित सबै जीवाणुहरुको आणुवंशिक तत्व (डिएनए)निकाल्न सकिन्छ। हाम्रो आन्द्रामा सयौं किसिमका जीवाणुहरु भएता पनि प्रत्येक जीवाणुको डिएनए फरक-फरक हुने हुनाले डिएनएको तुलना गरेर आन्द्रामा के कस्ता जीवाणुहरु रहेछन् भन्ने अनुमान लगाउन सकिन्छ।

यसरी संसारभरिका धेरै मानवजातिहरुको तुलनात्मक अध्ययन गर्दा प्रत्येक ब्यक्तिको माइक्रोबायोममा केहि स-साना भिन्नताहरु पाइएका छन्। तर केहि ब्यक्तिगत भिन्नताहरु भएता पनि उस्तै उस्तै 18 व्यतित गर्ने मानव समुहहरुको माइक्रोबायोममा धेरै समानताहरु पनि हुने गर्दछन्। उदाहरणकालागि अफ्रिका वा अमेजनका जङ्गलमा शिकार गरी घुमन्ते जीवनयापन गर्ने मानिसहरुको अन्द्रामा युरोप र अमेरिकाका देशहरुमा बसोबास गर्ने मानिसहरुको भन्दा भिन्न जीवाणुहरु पाइन्छन्। यस्ता भिन्नताहरुको श्रृजना हुनुमा 18को कस्तो भूमिका रहेको छ र यस्ता भिन्नताहरुले स्वास्थ्यमा के–कस्ता असर पार्छन् भन्ने बुझ्न अत्यन्त आवश्यक देखिएको छ।

परम्परागत 18 व्यतित गर्दै आएका र औद्योगिक देशहरुमा बसोबास गर्ने मानिसहरुका आन्द्राका माइक्रोबायोममा अन्तर पाइनुमा आहारको ठूलो भूमिका रहेको पाइएको छ। अफ्रिकाका हाड्जा र अमेजनका मात्से जस्ता जङलमा घुमफिर गरि हिंड्ने र परम्परागत 18 व्यतित गर्ने समुदायहरुको आहारमा रेशाजन्य खानाहरु प्रसस्त मात्रामा पाइन्छन्। तर औद्योगिक देशका मानिसहरुको आहारमा रेशारहित प्रशोधित खानाको मात्रा बढी हुन्छन्।

प्रशोधित खानामा रेशाजन्य तत्वहरुको मात्रा प्राकृतिक खानाको भन्दा धेरै कम हुने भएको कारणले यस्ता खानामा निर्भर पर्नाले आन्द्राको माइक्रोबायोममा नकारात्मक असर पर्न जान्छ भन्ने बैज्ञानिक मान्यता छ। तर परम्परागत 18 व्यतित गर्दै आएका र औद्योगिक देशहरुमा बसोबास गर्ने मानिसहरुका बीच आहारका साथसाथै भूगोल र वातावरणसँग आवद्धित धेरै भिन्नताहरु पाइन्छन्। उनीहरु बीच उपचार र औषधीहरुको प्रयोगमा पनि धेरै भिन्नता हुन्छन्। आधुनिक औषधी र खासगरी एन्टीबायोटिकहरुको प्रयोगले माइक्रोबायोममा ठूलो असर पार्ने गर्छन्। तसर्थ, 18सँग सम्बन्धित यस्ता धेरै तत्वहरु मध्ये कुन–कुन तत्वहरुले आन्द्राका माइक्रोबायोममा असर पार्छन् भन्ने ठम्याउन कठिन पर्न गएको छ। 18ले माइक्रोबायोममा कसरी असर पार्छ भन्ने ठम्याउन एउटै भौगोलिक क्षेत्रमा बसोबास गर्ने तर विभिन्न किसिमका जीवन यापन गर्ने मानव समूहहरुको अध्ययन गर्न जरुरी छ।

नेपालमा एउटा सानो भौगोलिक क्षेत्र ओगटेको देश हो तर यहाँ विभिन्न किसिमका 18 व्यतित गर्ने जातीय तथा भाषिक समुदायहरुले बसोबास गर्दै आएका छन्। भिन्ना-भिन्नै किसिमका 18 व्यतित गर्ने नेपाली समुदायहरुको अध्ययन र अनुसन्धान गर्नाले 18ले आन्द्राका माइक्रोबायोमलाई कसरी असर पार्छ भन्ने प्रश्नमा प्रकाश पार्न सकिन्छ। 18को परिवर्तनले आन्द्राको माइक्रोबायोमलाई कसरी असर पार्छ भन्ने कुराको विश्लेशण गर्न विगत तीन वर्षदेखि नेपालका विभिन्न जाती र समुदायहरुको अनुसन्धान गर्दै आएका छौं। हालै प्लस बायोलोजी भन्ने बैज्ञानिक जर्नलमा प्रकाशित एउटा बैज्ञानीक अध्ययनमा उनले नेपालका चार समुदायहरु, चेपाङ, डडेल्धुरे राउटे, राजी, र थारुहरुको आन्द्राका माइक्रोबायोमको निरुपण गरेका छन्।

यी चार नेपाली समुदायहरु छान्नुको कारण वहाँहरु नेपालका आदिवासीहरु हुन् र साथै ऐतिहासिक र एन्थ्रोपोलोजिकल रिपोर्टहरुबाट कृषि पेशा अपनाउनु अघि उनीहरुको 18 र खानपिन करिव उस्तै–उस्तै रहेको थियो भन्ने बुझिन्छ। कृषि पेशमा संलग्न हुनुअघि जङ्गलबाट बटुलिएका बिभिन्न खानेकुराहरु उनीहरुको आहारको मुख्य श्रोत हुने गर्दथे । केही समय अघिसम्म चेपाङहरु मध्य-नेपालको पहाडहरुमा अर्ध-भ्रमणशील जीवन व्यतित गर्दथे भने राउटे र राजी नेपालका सूदूरपश्चिमका जंगलहरु चाहार्थे। थारुहरु नेपालको तराई क्षेत्रका पुराना आदिवासिहरु हुन् र बिगत ३०० बर्षदेखि कृषि पेशामा संलग्न हुँदै आएका छन्।

अध्ययनमा  यी चार समुदायहरुको आहार र बातावरणको सर्वेक्षण गर्दा उनीहरुको 18 भिन्न भएको पाइएको छ। चेपाङहरु पहाडका दुर्गम र अविकसित गाउँहरुमा बस्ने हुनाले उनीहरु अझैपनि आफ्ना दैनिक खानपिनको लागि जङ्गलमा नै निर्भर भएको उक्त सर्वेक्षणले देखाएको छ। उनीहरुको आहारमा गिठ्ठा भ्याकुर र सिस्नुजस्ता खानाहरु नियमित रूपमा पाइन्छन्। तसर्थ यी चारमध्ये चेपाङहरुमा परम्परागत 18का धेरै झझल्कोहरु अझै पनि स्पष्ट देखिएका छन् भने थारुहरु लगभग सम्पूर्ण रूपमा कृषि पेशामा परिवर्तित भइसकेका पाइएको छ। राउटे र राजी चालीस वर्षअघि आफ्नो भ्रमणशील जीवन त्यागेर कृषि पेशमा संलग्न हुन थालेका थिए। यस अध्ययनमा संलग्न राजीहरु र  थारुहरु बिच भौगोलिक दूरी धेरै भएतापनि उनिहरुको 18 चेपाङ र राउटेको भन्दा थारुहरुसँग बढी मिल्दो जुल्दो भएको उक्त सर्वेक्षणले देखाएको छ।

यी चार समुदायहरुबाट दिसा संकलन गरेर आन्द्राको माइक्रोबायोमको अमेरिकनहरुको आन्द्रामा पाइने माइक्रोबायोमसँग तुलनात्मक अध्ययन गरिएको थियो। यस अध्ययनमा यी चार नेपाली समुदायहरु र अमेरिकनहरुको आन्द्राको माइक्रोबायोममा करिव ९०० वटा ब्याक्टेरियाहरु पाइएका छन्। तर नेपालीहरुको आन्द्रामा पाइने ब्याक्टेरियाहरु अमेरिकनहरुको भन्दा धेरै भिन्न देखिएको छ। चारै वटा नेपाली समुदायहरुमा साकाहारी आहारसँग सम्बन्धित ब्याक्टेरियाहरुको उपस्थिति अमेरिकनहरुको भन्दा अधिकतम मात्रामा पाइएको छ। नेपालीहरुको खानामा माछामासु र प्रशोधित खानाको मात्रा कम हुने भएकोले यस्तो देखिएको हुन सक्ने यस अध्ययनका बैज्ञानिकहरुको मान्यता छ।

दुई महादेशका दुई राष्ट्र र त्यहाँका वासिन्दाहरुवीच यस्तो फरक देखिनुमा कुनै आश्चर्य थिएन। तर बढि रोमाञ्चक कुरा के थियो भने यी चार नेपालीहरुको 18मा भएका भिन्नताहरु उनिहरुको माइक्रोबायोममा हुने भिन्नतासँग गहिरो रूपमा सम्बन्ध भएको हामीले पाएका छौं," स्ट्यानफोर्ड युनिभर्सिटीका प्रोफेसर र यस अध्ययनका वरिष्ठ अन्वेषक जस्टिन सोनन्बर्गले भने। यि चार नेपालीहरुमध्ये चेपाङ र थारुहरुको माइक्रोबायोम सबै भन्दा बढि भिन्न देखिएका छन् भने राउटे र राजीहरुको माइक्रोबायोम उनीहरुको 18 जस्तै चेपाङ र थारुको मध्यमा रहेका छन्। यस परीणामले आन्द्राको माईक्रोबायोम मानिसहरुको 18सँग आबद्धित हुन्छ र 18को परिवर्तन सँगै हाम्रो माइक्रोबायोममा पनि परिवर्तन आउँदो रहेछ भन्ने तथ्यको खुलासा गरेको छ।
यस अध्ययनले अर्को महत्वपूर्ण कुरा के देखिएको छ भने चेपाङहरुमा केही यस्ता ब्याक्टेरियाहरु पाइएका छन् जुन अफ्रिका र अमेजनका जङ्गलमा निर्भर गर्ने मानव समुदायहरुमा बढी पाइन्छन्।

चेपाङ लगायत परम्परागत 18 व्यतित गर्ने विश्वका धेरै समुदायहरुमा यस्ता ब्याक्टेरियाहरुको उपस्थितिले के जनाउँछ भने यिनीहरु हाम्रा आन्द्रामा हज्जरौं वर्षदेखि वसोवास गर्दै आईरहेका छन् र यिनिहरुले हाम्रो स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। राउटे र राजीहरुमा यस्ता ब्याक्टेरियाहरु चेपाङहरुमा भन्दा कम मात्रामा देखिएका छन् भने यिनीहरु थारुहरु र अमेरिकनहरुमा अत्यन्तै दुर्लभ देखिन्छन्। यस्तैगरी अमेरिकनहरुमा ब्यापक हुने केही ब्याक्टेरियाहरु भने थारुहरुमा चेपाङहरुभन्दा अधिक मात्रामा भेटिएका छन्। परम्परागत 18 व्यतित गर्ने विश्व भरिका धेरै समुदायहरुमा हुने साझा ब्याक्टेरियाहरु औद्योगिकरण सँगसँगै मानव समुदायबाट लुप्त भइरहेको यस अध्ययनले संकेत गरेको छ।

हजारौं वर्षदेखि हाम्रा शरीरका अभिन्न अंग भइ बसेका यस्ता ब्याक्टेरियाहरुको अनुपस्थितिले आधुनिक 18 व्यतित गर्ने मानिसहरुको स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको हुन सक्ने संभावना पनि यस अध्ययनले देखाएको छ। हाम्रो 18ले हाम्रो आन्द्राको ब्याक्टेरियामा ठूलो असर पर्छ भन्ने कुरा हाम्रो यस अध्ययनले प्रष्ट पारेको छ। ग्रामीण जीवन व्यतित गर्दै आएका नेपालीहरु तीव्र गतिमा आधुनिक 18 तिर लम्कदै छन्। यस्तो परिवर्तनले नेपालीहरुको माइक्रोबायोममा के कस्ता उतारचढावहरु भइरहेका छन् र यस्ता बदलावहरुले कसरी हाम्रो स्वास्थ्यमा असर पारिरहेका छन् भन्ने जान्न निकै आवश्यक छ। 

18को परिवर्तन सँगृ खानपिन र बातावरणमा पनि परिवर्तन आउँछन्। यस्ता परिवर्तनहरुले हाम्रो माइक्रोबायोममा कसरी असर पार्छन भनेर जाँचगर्दा 18सँग परिवर्तित हुने केही व्याक्टेरियाहरु मानिसको आहारसँग आवद्दित भएको यस अध्ययनले जनाएको छ।

आहारको साथै पिउने पानीले माइक्रोबायोम माथि प्रभाव पार्नसक्ने सम्भावना पनि अनुसन्धानकर्ताहरुले भेटेका छन्। थारु र राजी जमिनमुनिको पानी टुबवेलले तानेर पिउँछन् भने चेपाङ र राउटेहरु खोला वा मूलको पानी पिउँछन्। पानीमा खनीज पदार्थको मात्रा स्रोत अनुसारले भिन्न हुनसक्छ जसले हाम्रो माइक्रोबायोममाथि प्रभाव पार्न सक्छ। पब्लिक हेल्थ रेसर्च ल्याबोराटोरीका निर्देशक तथा यस अध्ययनका वरिष्ठ निर्देशक डा. जीवन बहादुर शेरचन्दले गर्नु भएका बिगतका अनुसन्धानहरुमा विभिन्न श्रोतबाट निकालिएको पानीमा खनिजको मात्रै नभै ब्याक्टेरियाहरुको पनि भिन्नता हुन्छ भन्ने कुरा प्रष्ट देखिएको छ। पानीमा हुने ब्याक्टेरियाले पनि हाम्रो माइक्रोबायोमलाई असर गर्न सक्छन। पिउने पानीमा हुने के कस्ता तत्वले कसरी हाम्रो माइक्रोबायोममा परिवर्तन ल्याउँछन् र यस्ता परिवर्तनहरुले कसरी हाम्रो स्वास्थलाई असर पार्छन् भन्ने बुझ्नु जरूरी देखिएको छ।

खाने पानीको अलावा दाउरा जस्ता ठोस इन्धन प्रयोग गरेर खाना पकाउँदा निस्किने धुँवाले पनि माइक्रोबायोममा असर पार्न सक्ने देखिएको छ। प्रयोगशालामा मुसाहरुलाई लामो समयसम्म प्रदुषित वायुमा सास फेर्न लगाउँदा उनीहरुको आन्द्राको माइक्रोबायोममा परिवर्तन आउँछ तर वायु प्रदूषणले मानिसको माइक्रोबायोममा पनि असर पार्छ भन्ने पहिले थाहा भएको थिएन।

दाउरा जस्ता ठोस इन्धनको प्रयोग गरी खाना पकाउँदा निस्किने धुवाँमा सुक्ष्म कणहरु हुन्छन् जसले वायु प्रदूषण गर्छन्। नेपालका ग्रामीण घरहरुका बायुसंचार प्रणाली राम्रो नहुनाले प्रदुषित हावा घर भित्रै रहन्छ। 'यस्तो प्रदुषित हावामा सास फेर्नाले हाम्रो प्रतिरक्षा प्रणालीलाई असर गर्न सक्छ जसले गर्दा हाम्रो माइक्रोबायोम बिचलित हुन सक्छ,' डा. आमोद पोखरेलले भन्नुभयो। 

यस अध्ययनमा संलग्न नभए पनि धेरै वर्षदेखि नेपाली घरहरुमा दाउराको प्रयोगले हुने वायु प्रदुषणको अध्ययन गर्दै आउनु भएको छ। भविष्यमा माइक्रोबायोममा हुने परिवर्तन र नेपालीहरुमा ब्यापक हुँदै आइरहेको मुटु र फोक्सोका रोगहरु वीचको सम्बन्धको अनुसन्धान गर्नु पर्ने अत्यन्त जरूरि भएको डा. पोखरेलले बताए। 

नेपाली र अन्तरराष्ट्रिय बैज्ञानिकहरुको संयुक्त आयोजनामा हुने यस्तै अनुसन्धान र अध्ययनहरु भविष्यमा निरन्तर रूपमा भइरहेमा नेपालीहरुको स्वास्थ्य सम्बन्धी नयाँ र महत्त्वपूर्ण निष्कर्षहरुलाई प्रकाशमा ल्याउन सकिनेछ। यस्ता निष्कर्षहरू अध्ययनमा भाग लिने सिमित समुदायहरुमा मात्रै लागु नभै सम्पूर्ण मानव जातिकालागि महत्वपूर्ण हुन सक्नेछन्। 
बैज्ञानिक अनुसन्धान र अध्ययनहरुलाई निरंतर रूपमा संचालन गर्न निकै आर्थिक लागत चाहिन सक्छ। नेपाल सानो राष्ट्र भएकोले नेपाल सरकारलाई यस्ता अध्ययनहरुलाई पूर्ण रूपमा आर्थिक निरन्तरता प्रदान गर्न गार्हो पर्न सक्छ। यसरी मिलेर काम गर्दा बिदेशी विश्वबिद्यालयले अध्ययनको अधिकतम आर्थिक भार बेहोर्ने हुँदा नेपाल र नेपाल सरकारमाथि पर्ने आर्थिक भार कम हुन जान्छ। साथमा नेपालमा अनुसन्धानको क्रम कायम रहन्छ। बिदेशका उत्कृष्ट विश्वबिद्यालयहरुबाट नेपालमा अनुसन्धानको क्रममा आएका बैज्ञानिकहरुबाट नेपाली अनुसन्धानकर्ता र विध्यार्थीहरुले धेरै नयाँ ज्ञान सिक्ने अवसर पाउँछन्। 

पब्लिक हेल्थ ल्यबोरेटोरी महाराजगन्जमा कार्यरत सर्मिला तण्डुकार  र दिनेश भण्डारीले संकलन गरिएका दिसाबाट डिएनए निकाल्ने प्रक्रियामा प्रमुख भूमिका निर्वाह गरेका थिए। 

(नेपाली मूलका बैज्ञानिक झा स्ट्यान्डफोर्ड विश्वविद्यालय क्यालिफोर्नियामा अनुसन्धानकर्ताका रुपमा कार्यरत छन् )
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live