काठमाडौं– एसोसिएसन अफ स्पाइन सर्जन्समा नयाँ कार्यसमिति गठन भएको छ। डा रविन्द्रलाल प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो।
उपाध्यक्षमा डा विमलकुमार पाण्डे, महासचिवमा डा विनोद बिजुक्छे, कोषाध्यक्षमा डा व्यापक पौडेल, सहसचिवमा डा गौरवराज ढकाल रहेका छन्।
यसैगरी, सदस्यहरुमा डा गोपेश ठाकुर, डा राजेश चौधरी, डा प्रशान्त अधिकारी र डा किरण गुरुङ छन्।