नेपाल परिवार नियोजन संघको उपाध्यक्ष र महासचिव चयन भएका छन्। संघको केन्द्रिय तदर्थ कार्य संचालन समितिको बैठकले उपाध्यक्षमा सुमित्रादेबी भण्डारी र महासचिवमा रविन कोइराला चयन भएका छन् । दुवै पद रिक्त थिए।
संघको केन्द्रीय तदर्थ समितिका अध्यक्ष छत्र गिरीको अध्यक्षतामा बसेको बैठकले सदस्यहरुको सहमतिमा नै नयाँ पदाधिकारी चयनको निर्णय गरेको हो।
गत माघ ११ गते तत्कालिन सरकारले समाज कल्याण परिषद्को सिफारिसका आधारमा अमु सिजापती नेतृत्वको कार्यसमिति भंग गरी गिरीको अध्यक्षतामा केन्द्रीय तदर्थ समिति गठन गरेको थियो।