काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दाँतको परीक्षण गरेका छन्। उनले बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा पुगेर दाँतको परीक्षण र उपचार गराएका हुन्।
हिजो मंगलबार अस्पततालबाट बालुवाटारमा टोली पुगेर दाँतको परीक्षण गरेका थिए। परीक्षणपछि थप उपचारका लागि प्रधानमन्त्री ओली आज अस्पताल पुगेका हुन्।
अस्पताल पुगेर प्रधानमन्त्री ओलीले सिविसिटीद्धारा दाँतको एक्सरेसहित अन्य परीक्षण गरेको अस्पतालका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री ओलीको दाँतको परीक्षण डा सन्ध्या श्रेष्ठ, डा सन्तोषमान राजभण्डारी, डा अंकित शाह, डा सौगात गौतम, डा जोन गुरुङ, डा परिधि शर्माले गरेका थिए। यसैगरी, रमिता खत्री, सुस्मा नेपाली, डा गोविन्द शाही लगायतले पनि सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।