पोखरा - १२३ औं विश्व रेडियोग्राफि दिवस तथा सातौं अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाइएको छ। 'रेडियोग्राफरका गुणहरु: सटिकता एवं सहानुभूति' भन्ने नाराका साथ पोखरामा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो।
नेपाल रेडियोलोजीकल सोसाइटी गण्डकी प्रदेश समितिको आयोजनामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फलफूल वितरण तथा रेडियोग्राफर भेटघाट कार्यक्रम गरिएको थियो।
सोसाइटीका गण्डकी प्रदेश संयोजक उदयकान्त तिवारीको सभापतित्व एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यको प्रमुख आतिथ्यतामा सप्पन्न सो कार्यक्रममा सोसाइटीका केन्द्रिय कोषाध्यक्ष डा.श्याम पराजुली एवं मनिपाल शिक्षण अस्पतालका वरिष्ठ रेडियोलोजिष्ट डा. प्रकाश शर्माको विशेष उपस्थिति रहेको थियो।
सो अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अन्तरङ्ग विभागमा भर्ना भएका वृद्ध वृद्दाहरुलाई फलफुल वितरण गरिएको थियो।
जर्मनीका विश्व प्रसिद्ध भौतिकशास्त्री विलियम कोन्रड रोएनजेन्टले ८ नोवेम्बर १८९५ मा एक्स रे विकिरण पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ तारिखलाई विश्व रेडियोग्राफि दिवश तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवशको रुपमा मनाउने गरिन्छ।