काठमाडौं- थाइराइड रोग निदानको नयाँ–नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले ललितपुरको भंैसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालले थाईराईडसम्बन्धि २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको हो।
अस्पतालमा शुक्रबारबाट सुरु गरिएको उक्त कार्यशाला गोष्ठीमा थाइराइड रोगको निदानका लागि आवश्यक विधि र प्रविधि बारे विस्तृत जानकारी गराइनेछ। दूर्गम क्षेत्रको अस्पतालका चिकित्सकहरु समेत सहभागी रहेको गोष्ठीले देशका सबै भागमा रहेका चिकित्सकहरुलाई थाइराइड रोगको उपचार सम्बन्धि नयाँ प्रविधिबारे पनि जानकारी दिनेछ।
थाइराइड रोगको निदानबारे विस्तृत जानकारी गराउन सो कार्यशाला गोष्ठी आयोजना गरिएको अस्पतालका वरिष्ठ चिकित्सक चन्दन बरनवालले जानकारी दिए।
पब्लिक हेल्थ फाउन्डेशन अफ इन्डियाको सहकार्यमा आयोजना गरिएको गोष्ठीमा देशभरका चिकित्सकहरु सहभागी भएका छन।
अस्पतालले दुर्गम क्षेत्रमा पनि स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने उद्देश्यका साथ मेडिकल भ्यानमार्फत् पनि स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।