काठमाडौं- शनिबारदेखि सुरू हुने एभरेष्ट प्रिमियर लिग( इपिएल) टी ट्वान्टी मा बल्खु स्थित वयाेधा हस्पिटलले हेल्थ डेस्क राख्ने भएकाे छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने खेलमा हस्पिटलले एम्बुलेन्सका साथै १० जना मेडिकल टिमकाे टाेलीले खेलाडी तथा दर्शकहरूलाइ अाकस्मिक स्वास्थ्य सहयाेग गर्ने जानकारी अस्पतालका सिनियर म्यानेजर प्रतिक्षित शाक्यले जानकारी दिए।
इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ। १५ दिन चल्ने लिगमा १९ खेल हुनेछन्।