काठमाडौं– सरकारले राष्ट्रिय खोप सल्लाहकार समितिको अध्यक्षमा डा रमेशकान्त अधिकारीलाई नियुक्त गरेको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै समितिमा अध्यक्षसहितका अन्य सदस्य नियुक्त गरेका हुन्।
समितिको सदस्यहरुमा नेपाल पेडियाट्रिक सोसाइटीका कृष्णप्रसाद विष्ट, बालरोग विशेषज्ञ डा कल्पना सुवेदी, डा जमुना सिंह र डा गरिवदास ठाकुरलाई नियुक्त गरिएको छ। समितिको सदस्य सचिव परिवार कल्याण महाशाखाका प्रमुख रहने व्यवस्था छ।