काठमाडौं– भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गरेको छ। अस्पतालले बिरामीको सहजताका लागि सेवा थप गरेको हो।
अस्पतालका कार्यकारी निर्देशक डा बिजय आचार्यका अनुसार अस्पतालमा ८ वटा सर्जरी युनिट छ। ती युनिट अन्तर्गत हप्तामा ३ दिन शल्यक्रिया र ३ दिन ओपिडी सेवा हुने गरेको थियो। तर, अब सेवा विस्तार गरेर हप्ताको ६ दिन नै ओपिडी सेवा सरु ग्रिएको छ।
अस्पतालमा गाइनो, ग्याष्ट्रोइन्टेसटाइन, स्तन, अर्थोपेडिक्स, न्युरो, युरो, नाक, कान घाँटी तथा हेड एन्ड नेक र थोरासिक सर्जरी युनिट छन्। यीमध्ये अस्पतालले अहिले थोरासिक र नाक, कान, घाँटी बाहेक अरु सबैमा हप्ताको ६ दिन ओपिडी सेवा दिन सुरु गरेको हो।
अस्पतालमा दैनिक ६ सय भन्दा बढी बिरामी उपचारका लागि ओपिडीमा आउने गरेका छन्।
निर्देशक आचार्यले क्रमश अरु सेवा पनि विस्तार गर्दै लैजान बताए।