काठमाडौं– आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीच सहमति भएको छ। कर्मचारी समायोजनलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल(गोदान) र सरकारका प्रतिनिधिबीच आज भएको वार्ता निष्कर्षमा पुगेको हो।
संसदबाट पारित कर्मचारी समायोजन अध्यादेशअनुसार कर्मचारी समायोजन गर्दा हाल संघीय लोकसेवा आयोगबाट नियुक्ति भएका स्वास्थ्य सेवातर्फका चिकित्सक लगायतका अधिकृतस्तरका कर्मचारीहरुलाई संघीय सरकारले परिचालन गर्नेगरी आवश्यक व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने सहमति भएको छ।
स्वास्थ्य मन्त्रालयको सांगठनिक संरचना बनाउँदा स्वास्थ्य सेवातर्फका व्यवस्थापकीय पद ११औं तह वा सोभन्दा माथि छुट्टै समूह नराख्नेगरी कानुन निर्माण गर्न पहल गर्ने, स्वास्थ्य सेवाका कर्मचारी पनि अन्य मन्त्रालयको सचिव हुनसक्ने, स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई एउटै छाता ऐन ल्याई व्यवस्थित गर्ने, एक चिकित्सक एक स्वास्थ्यका लागि विस्तारित अस्पताल सेवा र भत्ताको व्यवस्था गर्ने तथा ११औं तहमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था हटाउनेमा दुबै पक्ष एकमत बनेका हुन्।
सहमतिसँगै गोदानका आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता भएका छन्।
यो सहमति कार्यान्वयन भएमा सरकारी अस्पताल सुधार हुने चिकित्सक वार्ता टोलीका एक सदस्य डा रुद्र मरासिनीले बताए।
यस्ता छन् सहमतिका बुँदाहरु: