काठमाडौं- आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीच भएको सहमतिका २ बुँदामा गैरसरकारी चिकित्सकहरुले आपत्ती जनाएका छन्।
गैरसरकारी चिकित्सकल संघले ती दुई बुँदा तत्काल सच्याउन समेत माग गरेको छ। संघले यी दुई बुँदाका विषयमा छलफल गर्न मंगलबारका लागि आक्समिक बैठक समेत डाकेको छ।
संघका महासचिव डा ऋतेश थापाका अनुसार सरकारी चिकित्सक संघ (गोदान) र स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोलीसँग भएका ८ बुँदे सहमितमध्ये बुँदा नम्बर ४ र ६ मा गैरसरकारी चिकित्कसले विरोध जनाएका हुन्।
सहमतिको बुँदा नम्बर ४ मा 'एउटै छाता ऐन ल्याइ स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गर्ने र हालसम्म प्रतिष्ठानहरुले संचालन गरेका सम्पूर्ण अस्पतालहरुमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नै रहने र सोका कार्यकारी प्रमुख स्वास्थ्य सेवाको कर्मचारी मध्येबाट नियुक्ति गर्न आवश्यक व्यवस्था अगाडि बढाउने' विषय रहेको छ।
यस्तै बुँदा नम्बर ६ मा 'स्वास्थ्य सेवा तर्फको ११ औं तहमा खुला प्रतियोगिताबाट पदपुर्ति गर्ने व्यवस्था हटाउने' विषय छ।
गैरसकारी चिकित्सकले यी दुवै बुँदामा आफ्नो विरोध रहेको र तत्कालै त्यसलाई सच्याउनु पर्ने माग राखेको डा थापाले जानकारी दिए।