काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग,उपचारात्मक सेवा महाशाखाको आयोजनामा उत्तरी खोटाङमा १० दिने निःशुल्क विशेषज्ञ घुम्ति स्वास्थ्य शिविर भएको छ। उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा शिविर गरिएको हो। स्थानीय सहयोगी संस्था हस्पिटल फर इमर्जेन्सी केअरको सहयोग थियो । समयमै रोगको पहिचान गरी उपचार प्रदान गर्ने उदेश्यले गरिएको हो।
घुम्ती स्वास्थ्य शिविरमा छाला, हाडजोर्नी, छाति, बाललगायतका सामान्य, जेष्ठ नागरिक, दा“त तथा मुख, आ“खा, महिला सम्बन्धी रोग, स्तन क्यान्सर स्क्रिनिङ, भिडियो एक्सरे, आर्युवेद, योग तथा जीवनशैली ब्यवस्थापन र औषधि वितरण सेवा निःशुल्क प्रदान गरिएको थियो । शिविरमा सामाजिक सेवा इकाई सेवा मार्फत उपचार गर्न नसक्नेलाई नजिकको प्रेषण वा काठमाडौंमै ल्याई वा घुम्ती शल्यक्रिया शिविर सञ्चालन गरी उपचार गराउन उनीहरुको नाम, सम्पर्क ब्यक्ति र फोन नम्बर अभिलेख गरिएको संयोजक डा. प्रकाश बुढाथोकी बताउँछन्।
आयुर्वेद विभाग ,न्याम्स वीर अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, ग्राण्डी अस्पताल र नेपाल आ“खा अस्पतालका विशेषज्ञहरु संलग्न उक्त शिविरबाट ३ हजार बढीले सेवा लिएका छन्। शिविरमा २ सय महिलाको म्यामोग्राम जाँच गरिएकोमा ४२ जनाको स्तनमा डल्ला भेटिएकाले एफएनएसी वा बायोप्सी गरी खतरनाक भए नभएको थाहा पाउन सुझाइएको छ । ५ सय ८५ जना बिरामीको दा“त निकालिएको र १५ जनाको सामान्य शल्यक्रिया गरिएको थियो । १ सय १९ जना आ“खाको बिरामीलाई शल्यक्रिया गर्नका लागी रेकर्ड राखिएको छ । त्यसैगरी अन्य जटिल शल्यक्रियाका लागि १ सय ८९ जनाको अभिलेख तयार भएको छ । आयुर्वेदिक, होमियोप्याथिक र एलोप्याथिक गरी १० लाख बढीको औषधी निश¬ल्क वितरण भएको छ।
डा. प्रकाश बुढाथोकीको नेतृत्वमा डा. बिश्व दवाडी, डा. साधना आचार्य, डा. सुरक्षा बास्कोटा, डा. सरोज कुमार राय, डा. चा“दनी जयसवाल, डा. मनोज कुमार महत, डा. सुनील तामाङ, आ.स. कल्याण ढुगांना, हे.अ. भुवन पुरी, हेअ दौलत तुलाधर, हेअ अमृतजंग बस्नेत, डेअ धर्मेन्द यादव, नर्स शर्मिला आचार्य, सहयोगीहरु अर्चना के.सी., कुसुम श्रेष्ठ, झुमा पोखे्रल, तेजमाया राई, नवीन राई लगायत २५ जना स्वास्थ्यकर्मीहरु काठमाडौंबाट तथा स्थानीय प्राथमिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्यचौकीबाट ७ जना स्वास्थ्यकर्मीहरु उक्त शिविरमा थिए ।