काठमाडौं— खानेपानी तथा सरसफाईमन्त्री बीना मगर स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी छिन् ।
उनी ललितपुरस्थित सुमेरु अस्पतालकाे जनरल वार्डमा उपचारका लागि भएकी हुन् । उनलाई भारइल संक्रमण भएको बताइएको छ । उनलाई डा सुवासप्रसाद यादवको टिमले उपचार गरिरहेको छ ।
मन्त्री मगरकी सासू सीता दाहालको पनि सुमेरु अस्पतालकाे आइसियूमा उपचार भइरहेको छ । दाहालकाे स्वास्थ्यमा सुधार भइरहेको पनि अस्पतालले जनाएको छ । मन्त्री मगर मंगलबार बिहान अस्पतालबाट डिस्र्चाज हुने बताइएको छ ।