रुपन्देही – प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले स्वास्थ्य क्षेत्रमा ४० प्रतिशत जनशक्ति अभाव रहेको बताएका छन् । प्रदेश सभामा सांसदहरुले स्वास्थ्य क्षेत्रको अवस्था, कर्मचारी र औषधि अभावका विषयमा उठाएका सवालको जफाव दिँदै उनले यस्तो बताएका हुन्।
प्रदेश नं ५मा उनले औषधि भन्दा पनि जनशक्ति अभाव रहेको जनाएका हुन्। जनशक्ति अभाव चिर्न सरकारले करारमा कर्मचारी नियुक्तिको प्रक्रिया सुरु गरेको उनले जानकारी गराए । प्रदेशले कर्मचारी नियुक्त गर्ने अधिकार अनुसार कर्मचारीहरु परिपूर्ति गर्ने क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका लागि आवश्यक २६ जना नर्सहरुको नियुक्त गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए।
उनले आफ्नो प्रदेशमा औषधि अभाव हुन नदिने पनि बताएका छन् । औषधि खरिदका लागि स्थानीय तसँग समन्वय गरेर काम आगाडि बढिरहेको कतिपय ठाउँमा टेन्डर समेत आह्वान भएकाले औषधि अभाव नहुने बताए। मन्त्री बरालले स्वयंसेवक पनि भर्ना गर्ने क्रममा मन्त्रालय रहेको उल्लेख गरे । स्वयंसेवक भर्ना गर्दा सेवाभावमा आधारित रहेर र सामावेशी सिद्धान्तका आधारमा नियुक्ति गर्ने तयारीमा सरकार रहेको बताए।
प्रदेशमा १ सय ६२ जना स्वास्थ्य स्वयंसेवक भर्ना गर्नको लागि आह्वान गरिएको छ। उनले भने, ‘जसमा अहिले एक हजार एक सय ९२ जनाले निवदेन दिएको बताएका छन्। स्वास्थ्यकर्मीहरुलाई तलव नभई निर्वाहमुखी भत्ता उपलव्ध गराउने गरी काम भइरहेको छ।’
मन्त्री बरालले प्रादेशिक अस्पतालहरुका लागि आवश्यक बजेट विनियोजन भएको समेत जानाकारी गराए । प्रादेशिक तीनटा अस्पताल र जिल्ला अस्ताल सरहको मान्यता प्रदान गरेका १२ वटा अस्पतालहरुको लागि बजेट छुट्याइ सकिएकाले आर्थिक अभावमा नहुने बताए।
उनले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको लागि ७ करोड रुपैयाँ, तुल्सीपुर प्रादेशिक अस्पातलका लागि पनि ७ करोड रुपैयाँ र भेरी अस्पतालको लागि ३ करोड ३६ लाख बजेट छुटाएको बताए । यसरी छुट्टाइएको रकम अस्पतालको उपकरण खरिद र भौतिक पूर्वाधार विकासको लागि खर्च हुने मन्त्री बरालले बताए।
प्रदेश नम्बर ५ मा साउनदेखि हालसम्म एक हजार ६ सय ७६ बटा घरेलु हिंसाका घटनाहरु भएको सदनलाई जनाकारी गराए । घरेलु हिंसा रोक्नको लागि सचेतना मुलक कार्य र दोषीलाई कानुनी दायरमा ल्याउने बताए।