काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका तीन सदस्य बिरामी परेका छन्। दाहाल सहित उनकी पत्नी सीता र बुहारी खानेपानी तथा सरसफाईमन्त्री बीना मगर पनि बिरामी परेका हुन्।
अध्यक्ष प्रचण्ड पत्नी दाहाल बिरामी परेपछि दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो । मन्त्री मगर हिजो मात्रै अस्पताल भर्ना भएकी छिन्।
भाइरल ज्वरोका कारण उनीहरु बिरामी परेका हुन् । अध्यक्ष पत्नी सीता र बुहारी समेत रहेकी मन्त्री मगरको ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । प्रचण्ड भने चिकित्सकको सल्लाहबमोजिम निवासमा आराम गरिरहेका छन्। सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन्।
चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ।