काठमाडौं— स्वास्थ्य तथा जनसंख्या अन्तर्गतका विभिन्न जिल्लामा रिक्त स्थानका लागि लोकसेवा आयोगबाट सिफारिस भएका नवनियुक्त कर्मचारीलाई तोकिएको स्थानमा कामकाजको लागि खटाइसकेको छ।
लोक सेवा आयोगबाट सिफारिस भएका कर्मचारीदाई एक महिने तालिम दिएपछि कामकाजमा खटाइएको हो।
मन्त्रालयले देशका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाका लागि मेडिकल अधिकृत ९३, डेन्टल ७, आयुर्वेद चिकित्सक १२, नर्सिङ अधिकृत ३०, प्याथोलोजिष्ट ७ र सूचना शिक्षा अधिकृत ६ जना कर्मचारीका लागि विज्ञापन निकालेको थियो।
खाली स्थानमा दरबन्दी पहिचान नभएकाले कर्मचारीलाई पठाउन ढिलाई गरी कामकाजमा खटाइएको हो।
लोकसेवा परीक्षामा नाम निकालेहरुलाई मेरिटका आधारमा स्थान छनौट गराइ काममा खटाइएको कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम लामिछानेले बताए । उनले भने, ‘सबैलाई स्थान रोजाएर पत्र दिन लागेका छौँ। एकदुई जनाको मिलेन, त्यो बिस्तारै मिलाउछौं।’
तर मन्त्रालयले खटाएका कर्मचारीमध्ये कतिपय मेडिकल अफिसरहरु स्थान रोजेर पनि खटाइएको स्थान जान अटेर गरिरहेका मन्त्रालयको भनाइ छ।
मन्त्रालयका एक कर्मचारीले भने, ‘खटाएर के गर्नु ? खटाएको अस्पतालमा डाक्टर जान मान्दैनन् । पहिले स्थान रोज्ने अनि फेरि अर्को स्थानमा सार्न भन्दै आउँछन्।’
मन्त्रालयले डाक्टर र उनीहरुलाई खटाएको सूची सार्वजनिक गरेपनि अझै धेरैले पत्र बुझेका छैनन् । उनीहरुले विभिन्न बहाना बनाउने, उच्च पदस्थ कर्मचारी तथा नेताहरुबाट भनसुन गराउने लगायत गरिरहेका छन्।
मन्त्रालयले खटाएको ९३ मेडिकल अधिकृत, ७ डेन्टल, १२ आयुर्वेद चिकित्सक, ३०नर्सिङ अधिकृत, प्याथोलोजिष्ट ७ र ६ जना सूचना शिक्षा अधिकृत कर्मचारीलाई निम्नानुसार खटाएको छ।