काठमाडौँ- लोक सेवा आयोगले भोलि बुधबार विभिन्न सेवाका करिब ३ सय अधिकृतका लागि विज्ञापन प्रकाशन गर्ने भएको छ।
न्याय सेवा (न्याय समूह, कानून समूह र सरकारी वकिल समूह), लेखा परीक्षण सेवा र व्यवस्थापिका संसद सेवाका लागि शाखा अधिकृत, उपसचिव र सहसचिव गरी तीनै तहको विज्ञापन गर्ने तयारी लोक सेवा आयोगले गरेको छ।
संघमा रहने सेवाका सबै तहका विज्ञापन भोलि प्रकाशन हुने भएको हो। तर प्रशासन, स्वास्थ्य र प्राविधिक सेवातर्फका विज्ञापन भने भोलि नहुने भएको छ।
कर्मचारी समायोजनका लागि भन्दै सरकारले केही समय विज्ञापन नगर्न आग्रह गरेका कारण लोक सेवाको नियमित कार्यतालिका प्रभावित भएको छ।