काठमाडौं– प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले आफूमातहतका ९ वटा अस्पतालमा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिमा अध्यक्ष नियुक्त गरेको छ। मन्त्रालयले मन्त्रीस्तिरीय निर्णय गर्दै अध्यक्षहरु नियुक्त गरेको हो।
अस्पतालको सुधार तथा विकासका लागि प्रदेश सरकारले अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठन आदेश २०७५ जारी गरेको थियो। गत कात्तिक ३० को मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्को निर्णयपछि सामाजिक विकास मन्त्रालयलाई अध्यक्ष नियुक्तिको बाटो खुलेको हो। मन्त्रालयले यही गठन आदेशका आधारमा ९ वटा अस्पतालमा अध्यक्षहरु नियुक्त गरेको हो।
ध्यक्षको कार्यकाल ४ वर्षको रहने छ। गठन आदेश अनुसार यस्तो समिति ७ सदस्यीय हुने छ। समितिमा मेडिकल सुपरिटेण्डेट सदस्यसचिव हुने व्यवस्था छ। सामाजिक विकासमन्त्री युवराज दुलालले काठमाडौँ ललितपुर, काभ्रे र दोलखा अस्पताल प्रदेशमा हस्तान्तरण नभइसकेको जानकारी दिए।
मन्त्रालयले दिएको जानकारी अनुसार यी हुन् नियुक्त भएका अध्यक्ष
१. खिमलाल भण्डारी– भरतपुर अस्पताल
२. मिलन सुवास– भक्तपुर अस्पताल
३. डेगराज पौडेल– हेटौँडा अस्पताल
४. महेन्द्र धमला क्षेत्री– धादिङ अस्पताल
५. प्रह्लादकुमार पोख्रेल– सिन्धुली अस्पताल
६. रामशरण कुइँकेल– जिल्ला अस्पताल रसुवा
७. रोश पाख्रिन– जिल्ला अस्पताल रामेछाप
८. अर्जुनप्रसाद न्यौपाने– त्रिशूली अस्पताल नुवाकोट
९. ईश्वरीप्रसाद श्रेष्ठ – जिल्ला अस्पताल सिन्धुपाल्चोक