काठमाडौं- नेपाल नर्सिङ संघको पुस ९ गते हुने १९औं कार्यसमितिका लागि विभिन्न समूहले उम्मेद्वारी दर्ता गराएका छन्।
निर्वाचन समितिले प्रकाशित गरेको उम्मेद्वारी सूूची अनुसार संघमा दुई समूहबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।
सत्तारुढ दल नेकपा निकट प्रगतिशील प्यानलले मनकुमारी राईको नेतृत्वमा निर्वाचनमा उत्रिएको छ। राई त्रिवि शिक्षण अस्पतालकी पूर्व नर्सिङ प्रध्यापक हुन्।
विभिन्न समावेशी नर्सहरुको साथ लिएर पेशागत समूहबाट त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकै नर्सिङ प्रध्यापक मुना राना थापाको नेतृत्वको समूहले उम्मेद्वारी दर्ता गराएका छन्।
रोचकपक्ष के छ भने पाँच वर्षमा हुन लागेको यो निर्वाचन हालका कार्य समितिका वर्तमान सदस्यका एक जनाबाहेक अन्य पदाधिकारी दोहोरिएका छैनन्।
वरिष्ठ उपाध्यक्षका लागि पेशागत समुहबाट उठेका रमेश सुब्बा भने वर्तमान कार्यसमितिका पदाधिकारी हुन्।
सदस्य पदकालागि अस्मिता ढकालले भने स्वतन्त्र बाट उम्मेद्वारी दर्ता गराएकी छिन्।
यो पनि