काठमाडौं- नेपाल नर्सिङ संघको आसन्न निर्वाचनमा खुला सदस्यमा उम्मेदवारी दिएकी अस्मिता ढकालले उम्मेदवारी फिर्ता लिएकी छिन्।
संघको निर्वाचनका लागि ढकालले खुला सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। उनले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन आज बुधबार आफ्नो उम्मोदवारी फिर्ता लिएकी हुन्।
अब संघमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ।
सत्तारुढ दल नेकपा निकट प्रगतिशील प्यानलले मनकुमारी राईको नेतृत्वमा निर्वाचनमा उत्रिएको छ। राई त्रिवि शिक्षण अस्पतालकी पूर्व नर्सिङ प्रध्यापक हुन्।
विभिन्न समावेशी नर्सहरुको साथ लिएर पेशागत समूहबाट त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकै नर्सिङ प्रध्यापक मुना राना थापाको नेतृत्वको समूहले उम्मेद्वारी दर्ता गराएका छन्।
संघको निर्वाचन पुस ९ गते हुनेछ। निर्वाचनका लागि देशभरमा २१ मतदानस्थल तोकिएको छ।
यी हुन् उम्मेदवार